बिजुली जाने समस्या क्षणिक

काठमाडौँ, पुस १७ गते । पुसे झरीका कारण देशभर चिसो बढेको अवस्थामा काठमाडौँलगायत केही स्थानमा बारम्बार विद्युत् आउने र जाने समस्या क्षणिक भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले स्पष्ट पार्नुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर उहाँले अहिले देखिएको समस्या क्षणिक भएको र त्यसलाई सुधार्न काम सुरु भइसकेको जानकारी गराउनुभएको हो ।

मङ्गलबारदेखि कतिपय स्थानमा हिमपात र वर्षा हुन थालेपछि चिसो बढेको अवस्थामा विद्युत् आपूर्तिसमेत नियमित हुन नसकेको र कतिपय स्थानमा दुई दिनसम्म बत्ती नआएको उपभोक्ताको गुनासो बढेको थियो । प्रमुख कार्यकारी अधिकृत घिसिङले पुसे झरी लाग्दा चिसो बढेपछि काठमाडौँमा एकाएक विद्युत्को माग बढेका कारण अनामनगर, डिल्लीबजार, इमाडोल, बानेश्वर, रत्नपार्क, महाराजगञ्ज क्षेत्रका ट्रान्सफर्मरले लोड धान्न नसकेका कारण विद्युत्को नियमित आपूर्तिमा समस्या देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब ५० देखि ६० वटा ट्रान्सफर्मर ड्रप भएको हो । निरन्तर पानी परेकाले तत्काल फेर्न केही कठिनाइ भएकाले ती क्षेत्रका उपभोक्तालाई असजिलो परेको हो । आजसम्ममा ती ट्रान्सफर्मर फेरिसक्ने गरी काम भइरहेको छ । ”
उहाँले तीन हजार ८०० ट्रान्सफर्मरमध्ये ५०÷६० वटामा समस्यामा देखिनु त्यति ठूलो समस्या नभएको पनि बताउनुभयो । उहाँले आगामी दिनमा काठमाडौँ उपत्यकामा विद्युतीय सामग्रीको उपयोग बढ्दै जाँदा विद्युत्कोे माग पनि बढ्ने आकलन गरेर उपत्यका वरपर १० वटा सबस्टेसन बन्ने क्रममा रहेको र त्यसबाट १३२ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति गर्न सकिने जानकारी पनि दिनुभयो । उहाँले प्राधिकरणले विद्युत् लोडको अवस्था के कस्तो हुनेछ भन्ने अध्ययन गरिरहेको दाबी गर्नुभयो ।
प्रमुख कार्यकारी घिसिङले जाडोमा पहाडी क्षेत्रमा माग बढेजस्तै गर्मी लागेपछि तराईमा विद्युत्को माग बढी हुने भएकाले त्यसअघि नै सबस्टेसन तयार गर्ने योजनाअनुरूप काम भइरहेको पनि बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत घिसिङले कतै जग्गाको समस्या, कतै वनको समस्या, कतै बजेटको समस्या, काम सकिनै लागेको परियोजनामा अदालतको स्टे अर्डरलगायत दर्जनौँ समस्याका बाबजुद पनि चार महिनामा निकै उपलब्धि भएको दाबी गर्नुभयो । उहाँले चार महिनामा उद्योगका लागि ४०० मेगावाट विद्युत् स्वीकृत गरिसकेको, ६० प्रतिशतबाट ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको पनि दाबी गर्नुभयो । सम्पूर्ण देशलाई विद्युतीकरण गर्न र स्तरीय सेवा प्रदान गर्न सरोकारवाला सबै निकायको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि