राष्ट्रियसभा निर्वाचन मतदान प्रक्रिया आजबाट शुरु हुँदै

काठमाडौं, पुस १७ गते । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया आजबाट शुरु हुँदै छ । ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया आजबाट सुरु हुने जानकारी दिनुभयो ।

यसपछि पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने व्यहोरा आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसैगरी प्रवक्ता पौडेलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन अहिलेसम्म १२ दल दर्ता भएको बताउनुभयो।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ ।

मतपत्रको सुरुमा एमालेको सूर्य चिह्न रहने छन् भने दोस्रोमा काँग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा, चौंथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता हुनेछन् ।

त्यस्तै, पाँचौंमा एकीकृत समाजवादी, छैटौंमा लोकतान्त्रिक समजवादी पार्टी, सातौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी, आठौंमा राष्ट्रिय जनमोर्चा, नवौंमा नेपाल मजदुर किसान पार्टी, १० औं स्थानमा प्रजातान्त्रिक जनता पार्टी, ११ नम्बरमा नेपाल लोकतान्त्रिक पार्टी र १२ औं स्थानमा नेपाल परिवार दलका चुवान चिह्न रहने छन् ।

आगामी फागुन २० मा एमालेका आठ, काँग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दल एकीकरण भए वा गाभिए एकीकरण हुनुभन्दा अघि त्यस दलले प्राप्त गरेको कुल मत सङ्ख्यालाई हाल कायम भएको दलले प्राप्त गरेको मत मानिने राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था छ ।

उक्त ऐनमा निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावमा समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा दलको उम्मेवारको चुनाव चिह्न प्रदान गर्ने भनिएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा चिह्न निर्धारण गर्नुपर्ने हुन्छ । स्वतन्त्र उम्मेदवारलाई नामको वर्णानुक्रमका आधारमा चिह्न दिनुपर्ने हुन्छ।

यसैगरी, स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम २०७९ जेठ ५ गते स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुने हुँदा संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नहुँदा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आयोगले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकार समक्ष सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र