धमाधम राजीनामा दिँदै शिक्षक

काठमाडौं,पुस १,सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको छ ।

राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले राजीनामा सनाखतका क्रममा कतिपय शिक्षकले केही समयपछि स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसमा उम्मेदवारी दिन अहिलेदेखि नै तयारी गर्न राजीनामा दिएको पनि बताएको जनाउनुभयो । “राजनीतिक दलको महाधिवेशन प्रतिनिधि बनेका वा विभिन्न पदमा उम्मेदवारी दिएका कतिपय शिक्षकले सेवाबाट राजीनामा दिएर इमानदारी देखाए । उनीहरूले सक्रिय राजनीति नै रोजेका छन् ।” बितेको दुई सातामा निवृत्तिभरणका लागि ३६७ जना, उपदानका लागि २५ जना र प्राविधिक ग्रेड कायम गर्न ७७ जना गरी ५०७ जना शिक्षकले आवेदन दिएका छन् । राजीनामा गर्न चाहने शिक्षकको भीड ह्वात्तै बढेपछि किताबखानामा कामको चाप बढेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित