उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया थाल्ने तयारी

काठमाडौँ, २०७८ पुष १ बिहीवार। सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी व्यवस्थापनको गृहकार्य थालेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबाहेकका सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले त्यसका लागि अध्ययन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ । निर्णयको प्रति हस्ताक्षरका लागि प्रधानन्यायाधीश जबरासमक्ष पठाइएको सर्वोच्च अदालत स्रोतले बतायो । स्रोतका अनुसार, न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा माघको पहिलो सातादेखि गोला प्रक्रिया शुरु गर्न सकिने आँकलनका साथ तयारी थालेका छन् ।

सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘बुधबारको पूर्ण बैठकले जिल्ला अदालत र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्नका लागि कुनकुन नियमावलीमा कसरी संशोधन गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्न प्रशासनमा निर्देशन दिने निर्णय गरेको छ । उनीहरुले दिएको प्रतिवेदनका आधारमा नियमावली संशोधन अघि बढाइ गोला प्रक्रिया शुरु गर्ने कानूनी तयारी हो ।’

जिल्ला अदालतमा एकजना न्यायाधीशको मात्रै इजलास गठन हुने भएकाले केवल न्यायाधीशले गोला तानेमात्रै पुग्छ । यसबारे न्यायाधीशहरुले निर्णय गरेर त्यो प्रस्ताव प्रधानन्यायाधीशसमक्ष पुर्यौएका हुन् । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, अझै पनि तल्लो तहका अदालतमा चलखेलको प्रयास गर्न पाइने भएकाले प्रधानन्यायाधीश जबरा तत्काल जिल्ला र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्ने विषयमा अनिच्छुक छन् । तर उनको सचिवालयले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गर्न चाहेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल