उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया थाल्ने तयारी

काठमाडौँ, २०७८ पुष १ बिहीवार। सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी व्यवस्थापनको गृहकार्य थालेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबाहेकका सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले त्यसका लागि अध्ययन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ । निर्णयको प्रति हस्ताक्षरका लागि प्रधानन्यायाधीश जबरासमक्ष पठाइएको सर्वोच्च अदालत स्रोतले बतायो । स्रोतका अनुसार, न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा माघको पहिलो सातादेखि गोला प्रक्रिया शुरु गर्न सकिने आँकलनका साथ तयारी थालेका छन् ।

सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘बुधबारको पूर्ण बैठकले जिल्ला अदालत र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्नका लागि कुनकुन नियमावलीमा कसरी संशोधन गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्न प्रशासनमा निर्देशन दिने निर्णय गरेको छ । उनीहरुले दिएको प्रतिवेदनका आधारमा नियमावली संशोधन अघि बढाइ गोला प्रक्रिया शुरु गर्ने कानूनी तयारी हो ।’

जिल्ला अदालतमा एकजना न्यायाधीशको मात्रै इजलास गठन हुने भएकाले केवल न्यायाधीशले गोला तानेमात्रै पुग्छ । यसबारे न्यायाधीशहरुले निर्णय गरेर त्यो प्रस्ताव प्रधानन्यायाधीशसमक्ष पुर्यौएका हुन् । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, अझै पनि तल्लो तहका अदालतमा चलखेलको प्रयास गर्न पाइने भएकाले प्रधानन्यायाधीश जबरा तत्काल जिल्ला र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्ने विषयमा अनिच्छुक छन् । तर उनको सचिवालयले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गर्न चाहेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग