काठमाडौं, कात्तिक ८ः सोमबार पनि देशका विभिन्न भागमा वर्षासहित हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
मौसमविद् सजना शाक्यका अनुसार प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।
‘काठमाडौंमा आज पनि मौसममा बदली हुनेछ । पानी पर्ने सम्भावना रहेको छ’, उनले भनिन्, ‘तर, उपत्यकाभरी सबैतिर पानी पर्छ भन्ने छैन । केही स्थानमा मात्रै पानी पर्न सक्छ ।’ आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, वागमती र प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश–१, वागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ । वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकोले कृषिजन्य कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद् शाक्यको आग्रह छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित