ब्याजदरमा राष्ट्र बैङ्कको अङ्कुश

काठमाडौँ, कात्तिक ४ गते । वाणिज्य बैङ्कहरूले प्रतिस्पर्धात्मक रूपमा निक्षेपमा ब्याजदर बढाउने सूचना धमाधम प्रकाशन गरेपछि नेपाल राष्ट्र बैङ्कले नियन्त्रण गर्न खोजेको छ । बजारमा तरलता अभाव बढेपछि अघिल्लो त्रैमासको अन्त्यसँगै बैङ्कहरूले आफूसँग भएको निक्षेप जोगाउन र अन्य बैङ्कको निक्षेप तान्न ब्याजदर बढाएका सूचना प्रकाशित गरेका थिए । त्यस्तो कार्य रोक्न नेपाल राष्ट्र बैङ्कले मङ्गलबार राति निर्देशन जारी गरेको हो ।

एक दर्जनभन्दा बढी वाणिज्य बैङ्कहरूले निक्षेपमा दोहोरो अङ्कको ब्याजदर घोषणा गरेका थिए । केही वाणिज्य बैङ्कले ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरेर सूचना प्रकाशित गरेका थिए । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका ब्याजदर यसरी असाधारण रूपमा बढ्न नदिन निर्देशन जारी गरेको हो । केन्द्रीय बैङ्कले जारी गरेको निर्देशनअनुसार बैङ्क तथा वित्तीय संस्थाले जस्तोसुकै निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् ।
त्यस्तै संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ । केन्द्रीय बैङ्कले आगामी शुक्रबारसम्म संशोधन ब्याजदर सर्वसाधारणको जानकारीका लागि प्रकाशित गर्न पनि निर्देशन दिएको छ ।

पुँजी बजारमा सुधार

बैङ्क तथा वित्तीय संस्थाहरूले आफूखुुसी बढाएको ब्याजदर नियन्त्रण गर्न मङ्गलबार निर्देशन जारी गरेपछि बुधबारको सेयर बजारमा केही सुधार भएको छ । बुधबार नेप्से परिसूचक ६०.५६ अङ्कले बढेर २५७१.६६ को बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १२.०९ अङ्कले बढेर ४८४.०५ को बिन्दुमा पुगेको छ ।

कुल २१७ कम्पनीका ६१ लाख एक हजार ४१४ सेयर किनबेच हुँदा दुई अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपियाँको कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २४८.१ अङ्कले, जीवन बीमा समूह १८९.६९ अङ्कले, विकास बैङ्क १०८.६८ अङ्कले, वित्तीय समूह १२१.४९ अङ्कले, बैङ्किङ समूह ३२.६२ अङ्कले उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद