ब्याजदरमा राष्ट्र बैङ्कको अङ्कुश

काठमाडौँ, कात्तिक ४ गते । वाणिज्य बैङ्कहरूले प्रतिस्पर्धात्मक रूपमा निक्षेपमा ब्याजदर बढाउने सूचना धमाधम प्रकाशन गरेपछि नेपाल राष्ट्र बैङ्कले नियन्त्रण गर्न खोजेको छ । बजारमा तरलता अभाव बढेपछि अघिल्लो त्रैमासको अन्त्यसँगै बैङ्कहरूले आफूसँग भएको निक्षेप जोगाउन र अन्य बैङ्कको निक्षेप तान्न ब्याजदर बढाएका सूचना प्रकाशित गरेका थिए । त्यस्तो कार्य रोक्न नेपाल राष्ट्र बैङ्कले मङ्गलबार राति निर्देशन जारी गरेको हो ।

एक दर्जनभन्दा बढी वाणिज्य बैङ्कहरूले निक्षेपमा दोहोरो अङ्कको ब्याजदर घोषणा गरेका थिए । केही वाणिज्य बैङ्कले ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरेर सूचना प्रकाशित गरेका थिए । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका ब्याजदर यसरी असाधारण रूपमा बढ्न नदिन निर्देशन जारी गरेको हो । केन्द्रीय बैङ्कले जारी गरेको निर्देशनअनुसार बैङ्क तथा वित्तीय संस्थाले जस्तोसुकै निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् ।
त्यस्तै संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ । केन्द्रीय बैङ्कले आगामी शुक्रबारसम्म संशोधन ब्याजदर सर्वसाधारणको जानकारीका लागि प्रकाशित गर्न पनि निर्देशन दिएको छ ।

पुँजी बजारमा सुधार

बैङ्क तथा वित्तीय संस्थाहरूले आफूखुुसी बढाएको ब्याजदर नियन्त्रण गर्न मङ्गलबार निर्देशन जारी गरेपछि बुधबारको सेयर बजारमा केही सुधार भएको छ । बुधबार नेप्से परिसूचक ६०.५६ अङ्कले बढेर २५७१.६६ को बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १२.०९ अङ्कले बढेर ४८४.०५ को बिन्दुमा पुगेको छ ।

कुल २१७ कम्पनीका ६१ लाख एक हजार ४१४ सेयर किनबेच हुँदा दुई अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपियाँको कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २४८.१ अङ्कले, जीवन बीमा समूह १८९.६९ अङ्कले, विकास बैङ्क १०८.६८ अङ्कले, वित्तीय समूह १२१.४९ अङ्कले, बैङ्किङ समूह ३२.६२ अङ्कले उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार