लामो समयसम्म कम्प्युटरमा बस्नुहुन्छ ? देखिन सक्छ यस्ता गम्भीर समस्या

काठमाडौं,असोज २२, कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ । अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा। विजयकुमार झाले जानकारी दिए । दैनिक यस्तो समस्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उनले बताए।

उनले भने, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दुख्ने समस्या आउन सक्छ । लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने काम, लामो समय उभिएर गर्नुपर्ने कामहरू, गह्रुँगो सामान उचाल्नुपर्ने काम गर्दा यस्तो समस्या आउन सक्छ ।”

डा. झाका अनुसार समस्या बढ्दै गएमा, औँलाहरूमा कमजोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस पनि हुनसक्छ । उनी समस्या गम्भीर भए मल–मूत्र बिसर्जनमै समस्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा परेमा तुरुन्त आपत्कालीन व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन् ।
 

यस प्रकारको रोग लाग्न नदिन नियमित रूपमा व्यायाम गर्ने, अङ्ग, मेरुदण्ड, शिथिलिकरण, मर्निङ वाक जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीलाई बलियो बनाउन साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पु¥याउँछ ।
लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर बस्नु हुँदैन डा. झाले भने, “बस्नु परेपछि कुसनको सहायतामा ढाड बिसाउने । कम्प्युटरको काममा एकरदुई घण्टा बसिसकेपछि ५ देखि १० मिनेटको आराम लिने अथवा एकछिन हिँड्डुल गर्नुपर्छ ।

उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर बस्ने बानी बसाल्नु हुँदैन । सुत्दा सीधा सुत्नुपर्छ घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । यदि नसा च्यापिएको छ भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुत्नुपर्ने पनि उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य