सरकार तेजाव आक्रमण निरुत्साहित गर्न लागि परेको छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, असाेज ९ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताएका छन् ।

प्रधानमन्त्री देउवालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरी अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले सो विषय मानवीय र साझा भएको भन्दै कानून बनाउन मात्र होइन कार्यान्वयन गर्न पनि सरकार लाग्ने बताएका प्रवक्ता शर्माले जानकारी दिए ।

भेटमा प्रवक्ता शर्माले पार्टीको १४औँ महाधिवेशनको तयारी, सरकारका उपलब्धि र समीक्षालगायत विषयमा पनि छलफल गरिएका थियाे । साथै पार्टीको केन्द्रीय प्रचार विभागले महाधिवेशन पुर्व ‘चिन्तन १४औँ महाधिवेशन’ आयोजना गर्ने निर्णय गरेको जानकारी पनि गराइएकाे थियाे । कांग्रेसले १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र