आज विज्ञान दिवस विज्ञान कूटनीति मार्फत लगानी भित्र्याउने रणनीति

काठमाडौँ, असोज १ः नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति)मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत यस रणनीतिलाई कार्यान्वयन गराउने तयारी गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी ल्याउन साइन्स डिप्लोमेसीमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

नेपालका विदेशस्थित राजदूतलाई यस विषयमा जानकारी गराउन सके नेपालमा लगानी बढ्ने विश्वास उनले व्यक्त गरे । “लगानीले उत्पादन बढाउँछ, जनताको जीवनस्तर सहज हुन्छ त्यसैले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ,” विज्ञान तथा प्रविधि सचिव आचार्यले बताए । नेपालको परम्परागत तथा उदीयमान क्षेत्रमा लगानी ल्याउन सकिने अवस्था रहेको उहाँको भनाइ छ । मन्त्रालयले यस विषयमा आवश्यक रणनीति तयार पार्न असोज १ गते विज्ञान दिवसको अवसर पारेर विभिन्न देशका राजदूतसित परामर्श गर्दैछ ।

नेपालमा साइन्स डिप्लोमेसी नयाँ प्रयोग भएकोले यसलाई स्थापित गर्न केही समय लाग्न सक्ने अधिकारीहरूको भनाइ छ । विश्वमा राजनीतिक क्षेत्रका साथै वातावरण, जयवायु परिवर्तन, द्वन्द्व व्यवस्थापन, चेलीबेटी बेचबिखन, स्वास्थ्य आदि विषयमा कूटनीतिक सहयोग आदानप्रदान हुने गरेको छ । नेपालमा भने गत वर्षको विज्ञान दिवसदेखि साइन्स डिप्लोमेसी शब्दावलीको चर्चा हुन थालेको हो । संसारमै राष्ट्रहरूबीच साझा समस्याको समाधान र रचनात्मक अन्तर्राष्ट्रिय साझेदारी अभिवृद्धिका लागि वैज्ञानिक सहकार्य गर्ने गरिएको छ ।

यसैबीच ‘विज्ञान र प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ भन्ने नाराका साथ नेपालमा असोज १ गते विज्ञान दिवस मनाइँदैछ । विज्ञान र प्रविधिका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र नवप्रवर्तनीय खोजमूलक विषयको प्रचारप्रसार गरी आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले विज्ञान दिवस मनाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रवक्ता एवं सहसचिव दीपक शर्माले जानकारी दिए ।

यस पटक विज्ञान दिवस सप्ताहव्यापी रूपमा मनाउन लागिएको छ । खासगरी विज्ञान र प्रविधिको उपयोगको विस्तारबारे जनचेतना फैलाउने, वैज्ञानिक खोज तथा अनुसन्धानमा संलग्न नवप्रतिभालाई प्रोत्साहित गर्ने, विज्ञान प्रविधि अध्ययन अनुसन्धानमा संलग्न शिक्षक तथा विद्यार्थीलाई आकर्षित गर्ने मुख्य उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

असोज १ गते मूल समारोह समितिले औपचारिक रूपमा विज्ञान दिवस मनाउँदैछ । मन्त्रालयका अनुसार दिवसकै अवसरमा विज्ञान पत्रकारिता, एरोटोनिकल प्रविधि, अन्तरिक्ष प्रविधि, जैविक प्रविधि, उदीयमान प्रविधि र विपत् न्यूनतमसम्बन्धी प्रविधि पुरस्कार प्रदान गरिने जनाइएको छ । यी पुरस्कार शुक्रबार घोषणा गरिने जानकारी मन्त्रालयले दिएको छ । नेपालमा विज्ञान र प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अमृत साइन्स क्याम्पस स्थापनको अवसर पारेर २०७० साल असोज १ गतेदेखि राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि