पशुपतिनाथ मन्दिर आजदेखि खुला

काठमाडौँ, भदौ २५ गते । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर साबिकअनुसार खुला हुन्छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो ।
सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्षामा रहेको यो मन्दिरमा अत्यधिक भीड हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा प्रबन्ध पनि मिलाएको छ । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार मन्दिर परिसरमा रहेका पिण्डेश्वर, सन्तानेश्वर, सन्तापहरेश्वर, ज्वरेश्वर, नीलकण्ठलगायत सबै देवस्थलमा भक्तजनलाई पङ्क्तिवद्व भएर रहने व्यवस्थाका लागि कर्मचारी खटिएका छन् ।
पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार पशुपतिनाथ र गुह्येश्वरीमा पनि आवश्यक व्यवस्थापन गरिएको छ । भदौ २६ को ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने चाहना पशुपति क्षेत्र विकास कोषको रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष