एमालेले भदौ २३ गते संसद् चल्न नदिने

काठमाडौं, २१ भदौ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर नेकपा (एमाले) ले संसद् सञ्चालन गर्न नदिने तयारी गरेको छ । सरकारको सिफारिशमा राष्ट्रति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार ४ बजेको लागि संसद् अधिवेशन बोलाएकी छिन् । तर, प्रमुख प्रतिपक्षी एमालेले भने बैठक सहज रुपमा चल्न नदिने तयारी गरेको छ । त्यसको संकेत आज एमाले सांसद महेश बस्नेतको चेतावनीले देखाएको छ।

उनले प्रमुख प्रतिपक्षको भूमिका २३ गतेको संसद् बैठकमा देखाईदिने चेतावनी दिएका छन् । उनले आज काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले सभामुख सापकोटाको भूमिका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यकर्ताको जस्तो भएको भन्दै आलोचना गरे । उनले सभामुखले कुनै अमुक पार्टीको पक्ष लिएको पनि टिप्पणी गरे । खासगरी १४ सांसदलाई पदमुक्त गर्न सिफारिश गर्दापनि सभामुखले सोहीअनुसार कारबाही अघि नबढाएको भन्दै एमाले रुष्ट बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन