एकीकृत समाजवादी पार्टीको कार्यालय मीन भवनमा

काठमाडाैं, भदाै २१ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीन भवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ ।  उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा.बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरेको छ ।

बैठकले पार्टी कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए । हालै विभाजित उक्त पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी छ ।

निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने समयावधी प्रदान गरेको छ । यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा गठन भएको समाजवादी प्रेसको विधान तयार भइसकेकाले  एक साताभित्रमा दर्ता गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।