वर्गीकरण गरेर शिक्षण संस्था खोल्ने

काठमाडौं, भदाै १०ः कोरोना महामारीका कारण लगाइएको लकडाउनले बन्द रहेको शिक्षण संस्था खोल्न सरकारले क्षेत्र वर्गीकरण गर्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षेत्र वर्गीकरण कार्ययोजना तयार गर्न शुरू गरेको छ ।

गएको माघदेखि बन्द शिक्षण संस्थाको क्षेत्र वर्गीकरणको आधारमा खोल्ने  र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिने गरी कार्ययोजना तयार भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले यो विषयमा सामान्य छलफल भइरहेको जिकिर गर्दै सबै अधिकार स्थानीय तहलाई गइसकेको अवस्थामा मन्त्रालयले सामान्य कार्ययोजना तयारी गरिरहेको बताए । तर, मन्त्रालयले आफ्नो मातहतका निकायसँग छलफल शुरु गरेको छ । मन्त्रालयले तयार गरेको कार्ययोजना सीसीएमसीमा पठाउने र त्यहाँबाट पारित भएर सरकारले स्वीकृत गरेपछि लागू गर्ने तयारी गरेको छ ।

सरकारले स्मार्ट लकडाउनको अवधारणा शुरु गर्ने तयारी गरेसँगै शिक्षा मन्त्रालयले कार्ययोजना तयार गर्न लागेको हो । मन्त्रालयका अधिकारीका अनुसार शिक्षण संस्थालाई रेड, एल्लो र ग्रिन जोनमा वर्गीकरण गर्ने तयारी भइरहेको छ ।

जिल्लाको अवस्था हेरेर विद्यालयलाई तत्काल सञ्चालन गर्न मिल्ने गरी ग्रिन, एक तिहाइ मात्र खोल्न सक्ने गरी एल्लो र पूर्णरूपमा बन्द गर्ने अर्थात् पूर्ण लकडाउन गर्ने गरी रेड जोनको अवधारणा अघि बढाएको छ ।

मन्त्रालयले हिजो बुधबारबाट अवधारणापत्र तयार गरिरहेको छ । कोभिड संक्रमण कम भएका जिल्लाका स्थानीय तहले धमाधम विद्यालय खोल्न थालेका छन् । केही स्थानीय तहले विद्यालय खोलेको केही दिनमै बन्द गरेका थिए । यसरी कतै बन्द गर्ने त कतै खोल्ने होड चलेपछि मन्त्रालयले कार्ययोजना नै बनाएर क्षेत्र तोकेर विद्यालय खोल्ने र बन्द गर्ने गरी व्यवस्था गर्न लागेको हो ।

अनलाइन कक्षा प्रभावकारी हुन नसकेको भन्दै केही स्थानीय तहले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न थालेका थिए । मनपरी रूपमा विद्यालय खोल्न थालेपछि सीसीएमसीले क्षेत्र वर्गीकरण गरी विद्यालय खोल्न मिल्ने वा नमिल्ने विषयमा कार्ययोजना तयार गर्न मन्त्रालयलाई पत्र पठाएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज दिउँसो देशभर धेरै भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको