हालसम्मकै उच्च पुँजी बजार

काठमाडौं,साउन ११, साताको  पहिलो  दिन  सेयर अहिलेसम्मकै  उच्च  बिन्दुमा  पुगेर  कारोबार  भएको  छ । रेकर्ड  ब्रेकको  बाटोमा  रहेको  सेयर  बजार  आइतबार ३०५८ को बिन्दुमा पुगेको हो  । आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ  । आइतबार  नेप्से  परिसूचक  ५४.३१ अङ्कले  उकालो  लागेर  ३०५८.६३ को  बिन्दुमा  पुगेको  हो  ।  

सेन्सेटिभ इन्डेक्स  पनि  ११.७४  अङ्कले  उकालो लाग्दा  ५७४.०२  को  बिन्दुमा  पुगेर  रोकिएको  छ  । समग्रमा  पहिलो  दिनको  सेयर  बजार  १.८१  प्रतिशत ƒ  सेन्सेटिभ  इन्डेक्स  २.०९  प्रतिशतले  उकालो लागेको छ  । यसअघि नेप्सेले जेठ ३१ गते नेप्से उच्च बिन्दुमा  पुगेर  नयाँ  रेकर्ड  बनाएको  थियो  ।  सो दिन नेप्से ३०२५.८३ बिन्दुमा पुगेको थियो  ।​ आइतबार  २२३  कम्पनीको  एक  लाख  ४०  हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५  हजार  रुपियाँ  बराबरको  चार  करोड  ४१  लाख  १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ  ।

पहिलो दिन कारोबार  रकमका  आधारमा  साढे ४९ करोडको सेयर  कारोबार  भएर  नेपाल  बैङ्क शीर्ष स्थानमा  रहेको छ  । ग्लोबल आईएमई बैङ्कको  ४९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ  । एनसीसी, एनआईसी  एसिया  बैङ्क,  युनाइटेड  मोदी  हाइड्रोपावर, अरुण काबेली पावर  र नेशनल हाइड्रोको ३० करोडभन्दा बढीको सेयर कारोबारमा आएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक