हालसम्मकै उच्च पुँजी बजार

काठमाडौं,साउन ११, साताको  पहिलो  दिन  सेयर अहिलेसम्मकै  उच्च  बिन्दुमा  पुगेर  कारोबार  भएको  छ । रेकर्ड  ब्रेकको  बाटोमा  रहेको  सेयर  बजार  आइतबार ३०५८ को बिन्दुमा पुगेको हो  । आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ  । आइतबार  नेप्से  परिसूचक  ५४.३१ अङ्कले  उकालो  लागेर  ३०५८.६३ को  बिन्दुमा  पुगेको  हो  ।  

सेन्सेटिभ इन्डेक्स  पनि  ११.७४  अङ्कले  उकालो लाग्दा  ५७४.०२  को  बिन्दुमा  पुगेर  रोकिएको  छ  । समग्रमा  पहिलो  दिनको  सेयर  बजार  १.८१  प्रतिशत ƒ  सेन्सेटिभ  इन्डेक्स  २.०९  प्रतिशतले  उकालो लागेको छ  । यसअघि नेप्सेले जेठ ३१ गते नेप्से उच्च बिन्दुमा  पुगेर  नयाँ  रेकर्ड  बनाएको  थियो  ।  सो दिन नेप्से ३०२५.८३ बिन्दुमा पुगेको थियो  ।​ आइतबार  २२३  कम्पनीको  एक  लाख  ४०  हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५  हजार  रुपियाँ  बराबरको  चार  करोड  ४१  लाख  १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ  ।

पहिलो दिन कारोबार  रकमका  आधारमा  साढे ४९ करोडको सेयर  कारोबार  भएर  नेपाल  बैङ्क शीर्ष स्थानमा  रहेको छ  । ग्लोबल आईएमई बैङ्कको  ४९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ  । एनसीसी, एनआईसी  एसिया  बैङ्क,  युनाइटेड  मोदी  हाइड्रोपावर, अरुण काबेली पावर  र नेशनल हाइड्रोको ३० करोडभन्दा बढीको सेयर कारोबारमा आएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी