माथिल्लो तामाकोसी भदौ अन्तिमदेखि पूर्ण क्षमतामा

काठमाडौँ, साउन ५ गते । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट भदौ अन्तिमसम्ममा पूूर्ण क्षमतामा विद्युत् उत्पादन थाल्ने कार्यसूची तय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो युनिटबाट ७६ मेगावाटको परीक्षण उत्पादन सुरु गर्ने क्रममा गत असार २२ गते आयोजनाको उद्घाटन गर्नुभएको थियो ।
माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ । विद्युत् उत्पादनका लागि विद्युत् गृहमा जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट हाल परीक्षणका रूपमा पहिलो र दोस्रो युनिटबाट विद्युत् उत्पादन थालिएको छ ।
आइतबार साँझबाट दोस्रो युनिट सञ्चालनमा ल्याइएको हो । “हामीले दोस्रो युनिट पनि चलाउन थालेको छौँ,” श्रेष्ठले भन्नुुभयो, “परीक्षण उत्पादनका क्रममा कुनै युनिट केही समय बन्द हुन सक्छन् तर अब व्यावसायिक उत्पादनको मिति पनि तोकेका छौँ । भदौ अन्तिमदेखि पूूर्ण क्षमतामा उत्पादन थाल्नेछौँ ।”
आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा युनिट जोडिएका छन् । तीमध्ये चारवटाको अझै परीक्षण उत्पादन गर्न बाँकी छ । परीक्षणका लागि प्राविधिकहरूले काम गरिरहेको र क्रमिक रूपमा टर्वाइनहरू परीक्षण गर्दै जाने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार सबै परीक्षण सकेर व्यावसायिक उत्पादनमा जाने मिति पनि तय भएको छ ।
पहिलो चार युनिटबाट ३०४ मेगावाट विद्युत्को व्यावसायिक उत्पादन हुनेछ भने बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ । यसअनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन थालनी हुनेछ । सामान्यतः टर्वाइनबाट १५ दिन परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका