निषेधाज्ञा खुकुलो भएसँगै जोखिम

काठमाडौँ, असार २५ गते । निषेधाज्ञा खुकुलो भएसंँगै कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि थप सतर्क र सजग हुनुपर्ने विज्ञहरूको सुझाव छ । निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमित बढिरहेको भन्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन जोखिम कायमै भएको हुनाले काम नपरी घरबाहिर ननिस्कन अनुरोध गर्नुहुन्छ ।
अत्यावश्यक काममा निक्लनै परे वा नियमित काममा जानु परे सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, “बाहिर जाँदा नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाएर मात्रै हिँड्नुपर्छ । बाहिरबाट घर आउने बित्तिकै साबुनपानीले मिचिमिची हात धुने गर्नुपर्छ । नियमित घरबाहिर जाने व्यक्ति सकेसम्म परिवारका अन्य सदस्यसँग बढी घुलमिल नहुने, साथीहरू भेट्दा हात नमिलाउने वा टाँसिएर नबस्ने, बाहिरबाट घर फर्केपछि सकेसम्म नुहाउने र लगाएका कपडा धुने गर्नुपर्छ ।”
पहिलो लहर नियन्त्रण उन्मुखकै क्रममा दोस्रो लहर आयो । यसमा सरकार र नागरिक दुवै पक्षबाट कमजोरी भएको उहाँको भनाइ छ । पहिलो लहरको कोरोना गयो भनेर नारा जुलुस, विवाह, व्रतवन्धजस्ता कार्यमा लापरबाही देखियो डा. पुनले थप्नुभयो, “जसबाट धेरै सङ्क्रमित हुन पुगे । पहिलेको कमी–कमजोरीबाट पाठ सिकेर भोलिको चुनौतीसँग जुध्ने गर्नुपर्छ ।” डा. पुनका अनुसार नागरिक आफँै सचेत र सजग हुनु जरुरी छ ।
नागरिक आफैँ जागरुक बने जस्तोसुकै शक्तिशाली सङ्क्रामक भेरियन्ट भेटिए पनि त्यसलाई शक्तिहीन बनाउन सक्छौंँ । सधैँभरिको बन्दाबन्दी वा निषेधाज्ञाले अर्को समस्या निम्त्याउन सक्छ भन्दै उहाँले स्पष्ट पार्नुभयो, “निषेधाज्ञा खुकुलो पार्दै लैजानु आवश्यक छ तर हामीले जनस्वास्थ्यका मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्छ ।
दोस्रो लहरले ल्याएको महामारीबाट हामीले पाठ सिक्नुपर्छ ।”कोरोना सङ्क्रमण कम नभएको अवस्थामा हरेक मानिसले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने जनस्वास्थ्य विज्ञ इसा कर्माचार्य बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “निषेधाज्ञा खुकुलो गर्नुको अर्थ सङ्क्रमण नियन्त्रण भएको पक्कै होइन । सङ्क्रमितको सङ्ख्या बढ्नेछ तसर्थ सतर्क भएर आफ्ना काम गर्नुपर्छ । ”
जनस्वास्थ्य विज्ञ कर्माचार्यले लापरबाही गरेर सङ्क्रमण बढेमा फेरि बन्दाबन्दी वा निषेधाज्ञा गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भएकोले
अनुशासित भएर कोरोनासँग लड्नुपर्ने सुझाव दिनुहुन्छ । कोरोना सङ्क्रमणको प्रमुख रोकथाम व्यक्तिगत दूरी हो भन्दै उहाँ घरबाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा हरेक ठाउँमा छ फिटको दूरी कायम गर्नुपर्ने सुझाव उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र