मोरङ र सुनसरीका खोलामा यसवर्षकै ठूलो बाढी

विराटनगर, असार १९: मोरङ र सुनसरीमा रहेका दर्जनौँ खोलामा शनिबार बिहानबाट बाढी आउन थालेको छ। यसवर्ष मनसुन सुरु भएपछि पहिलो पटक खोलाहरुमा जलसतह बढेर वर्षकै ठूलो बाढी आएको हो। केही दिनदेखि निरन्तर एवं भीषण वर्षा भइरहेका कारण बाढी आएको जनाइएको छ।

मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा जलसतह बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढीसँगै खोला आसपासमा बसोबास गरिरहेकाहरुमा त्रास बढेको छ। बर्खाका समयमा खोलामा आउने बाढीले मोरङ र सुनसरीमा वर्षेनी ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ। कयौं मानिस विस्थापित हुने गरेका छन्।

बर्षा जारी रहेको र अझै खोलामा पानीको सतह बढ्नेभन्दै विभागले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ। दुवै जिल्लाका दर्जनौँ स्थानमा ठूलो बर्षा भइरहेको विभागले जनाएको छ। विभागले सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टाभन्दा बढी निरन्तर ठूलो बर्षा भएको जनाएको छ।
बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले खोलानजिक बसोबास गरिरहेकाहरुले उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागको भनाइ छ। विभागले खोलाहरुमा पानीको सतह बढेको र सतर्कता अपनाउनुपर्ने विषयमा बिहानै सबैमा सूचित गरिसकेको छ।

बर्षा अझै जारी रहने मौसमविद्ले बताएका छन्। उनीहरुका अनुसार नदी वरपरका बासिन्दाले क्षति हुनबाट बच्न बेलैमा सचेत हुनुपर्ने अवस्था छ। बाढीले पुर्‍याउनसक्ने क्षतिका बारेमा पूर्वसूचना प्रवाह गर्दै विभागले तटीय तथा डुबान भइरहने क्षेत्रमा सावधानीको विकल्प नभएको जनाएको छ।

मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले बाढी तथा डुबानले पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर गरेर उच्च सतर्कता अपनाउन थालिएको जानकारी दिए। खोलाको छेउछाउमा बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानतर्फ सर्नका लागि आग्रह गरिसकिएको उनको भनाइ छ। बाढी र डुबानले पुर्‍याउने सम्भावित क्षतिलाई ध्यान दिएर उद्धारका लागि नेपाल प्रहरी लगायतका सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी मुकारुङले दिए। उनका अनुसार प्रहरीका विभिन्न युनिटले खोला वरपर निगरानी बढाएर त्यहाँको अवस्थाका बारेमा बेला–बेला जानकारी गराइरहेका छन्।

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बाढी तथा डुबानको समस्या बढ्नसक्ने भएकाले बेलैमा सबै सचेत भएर सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले बाढीबाट प्रभावित हुनेहरुको उद्धारका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए। ‘बाढी र डुबानले ठाउँ–ठाउँमा समस्या उत्पन्न हुन थालेको छ,’ उनले भने, ‘त्यसबाट भएको क्षतिको यकिन गर्ने प्रयास भइरहेको छ।’

त्यस्तै मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटस्थित रतुवा खोलामाथिको पक्की पुल बाढीको जोखिममा परेको छ। बाढीले कटान सुरु गरेपछि झापा र मोरङलाई जोड्ने रतुवा खोलामाथिको पुल जोखिममा परेको हो।प्रहरीका अनुसार पुल आसपासमा ६० प्रतिशतजति कटान भइसकेको छ। पुलबाट सवारी आवागमनमा अवरोध पुगेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भ्रष्टाचारकाे आराेप लागेका वैकुण्ठ योजना आयोगमा  गड्तौलालाई निमित्त मुख्यसचिव

 आषाढ १०, काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना

प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट

काठमाडौँ, असार २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष

विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ

म्याग्दी,  जेठ ३१ गते ।  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने

भक्तपुरमा ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ सुरु

भक्तपुर, जेठ २५ गते । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा