ओलीले दोस्रो चोटि प्रतिनिधिसभा विघटन गरेकोसम्बन्धी रिटउपर सर्वोच्च अदालतमा बहस जारी छ । संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावी कार्यान्वयन गर्न परमादेश माग्दै १ सय ४६ सांसदले रिट दायर गरेका थिए । सरकारी वकिलहरूको बहसपछि एमिकस क्युरीका सदस्यहरुको राय सुनेर सम्भवतः एक साताभित्रै सर्वोच्चले यो मुद्दामा फैसला दिनेछ । पार्टी विभाजन गर्दा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुको कानूनी हैसियत के हुने भन्ने प्रश्नले गर्दा मात्रै माधव समूह अलिकति पछाडि हटेको हुनुपर्छ ।
एकातिर दोस्रो पुस्ताका नेताहरुको एकता जोगाउने कोसिसमा निरन्तरताले मात्र विभाजन रोकेको हो त भन्ने आशंका गरिँदै छ । तर, अर्को पनि अड्को छ । दल ,विभाजनका निम्ति संसदीय दलभित्र ४० प्रतिशत नपुग्ने समस्या । राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल– दुवैतिर ४० प्रतिशत चाहिने कानुनी व्यवस्था छ ।
माधव समूहसँग संसद भित्र ४० प्रतिशत छैन, तर ०७५ जेठ २ तिर एमाले फर्किने स्थितिमा भने ४० प्रतिशत आरामले पुग्छ । यदि माधव समूह आजकै स्थितिमा दल विभाजनमा गयो भने सबभन्दा ठूलो समस्यामा पर्छन्, जनप्रतिनिधिहरु । अहिले निर्वाचन आयोगले पार्टीको पत्रका आधारमा स्थानीय तहका जनप्रतिनिधिको पद भटाभट खालि गरिरहेको छ । एमालेमा स्थानीय तहमा माधव पक्षको उपस्थिति बलियो छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन