असार ९,काठमाडौं । चारवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए ।
काठमाडौंमा आज अपराह्नपछि सामान्य वर्षा हुने छ । “काठमाडौंमा आज अपराह्नपछि बदली भएर सामान्य वर्षा हुने छ । तर, यो केही समयका लागि मात्रै हुने छ,” मौसमविद् प्रधानाङ् भन्छन्, “काठमाडौंको आजको अधिकतम तापक्रम २९–३१ डिग्री सेल्सियसको बिचमा रहने छ ।”
यस्तै, आज राति देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी तथा पहिरो जाने सम्भावना हुने भएकाले सतर्क रहन पनि विभागले भनेको छ । भिरालो बस्ती तथा नदी तटीय क्षेत्रमा विशेषगरी सतर्क हुन विभागले आग्रह गरेको छ ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष