मेलम्ची खानेपानीको मुख्य सुरुङ सुरक्षित

सिन्धुपाल्चोक, असार ७ गते । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु¥याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको छ ।
“आयोजनाको संरचनामा क्षति पुगे पनि मुख्य सुरुङ मार्गमा भने क्षति पुगेको छैन”, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजना स्थलसम्मको सम्पर्क बनाउन तत्काल कम्तीमा १० किलोमिटर सडक निर्माण र चारवटा बेलिब्रिज जडान आवश्यक रहेकाले त्यसतर्फ अध्ययन थालिने जानकारी दिनुभयो । मेलम्चीमा असार १ गते आएको बाढीले त्यस क्षेत्रमा व्यापक क्षति पु¥याएको छ ।
मेलम्ची बजारदेखि मुहानसम्मको दूरी १८ किलोमिटर छ । आयोजनाको काम सुचारु गर्न १८ किलोमिटर सडक पूर्ण रूपमा सञ्चालनमा आउनुपर्ने छ । बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, पुल तथा मुहानको संरचनामा क्षति पु¥याएको छ । काठमाडौँमा पानी वितरण रोकेर असार १ गतेदेखि सुरुङको परीक्षण कार्य सुरु गरिएका कारण पनि सुरुङ सुरक्षित भएको हो ।
बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्गमध्ये खण्ड–खण्ड गरी करिब १० किलोमिटर सडक र छवटा पुल बगाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
बाढीले सडक र पुलमा पु¥याएको क्षतिका कारण अहिले मेलम्ची आयोजना स्थलसँग नै सम्पर्क विच्छेद भएको छ । अहिलेसम्म हेलिकप्टरबाट मात्र आयोजना स्थलको निरीक्षण गरिएको पन्तले जानकारी दिनुभयो । लामो समयको प्रतीक्षा र कैयौँ उतारचढावलाई पार गर्दै चैत १० गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी परीक्षणका रूपमा वितरण सुरु गरिएको थियो ।
हेलम्बु गाउँपालिकामा रहेको आयोजना स्थल पुग्ने सडक तथा पुलहरू बगाएका कारण अहिले आयोजनासँग सम्पर्क विच्छेद भएको छ । अहिले आयोजना स्थलसम्म पुग्ने सक्ने अवस्था नरहेकाले आयोजनामा के कति क्षति भएको भन्ने यकिन हुन नसकेको पन्तले स्पष्ट पार्नुभयो ।
उहाँले थप्नुभयो, “बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग र पुल बगाएको छ । ती प्रवेश मार्ग र पुल जति छिटो निर्माण गर्न सकियो, त्यति छिटो नै आयोजना स्थल पुगी क्षतिको यकिन गरी आयोजनाको काम पुनः सञ्चालन गर्नका लागि तयारी गर्न सकिन्छ ।” निर्माणाधीन पक्की बाँधलाई बाढीले छोपेको बताउँदै उहाँले बाँध निर्माणका लागि बनाइएको मुहान क्षेत्रको सडक र अम्बाथानका दुईवटा बेलिब्रिज बगाएको जानकारी दिनुभयो ।

मुहानको माथिल्लो भाग भेमाथाङ चौरबाट आएको पहिरोले पानी ओभर फ्लो भएर बाँध ढुङ्गामाटोले भरिएको अनुमान प्रवक्ता पन्तको छ । पक्की बाँध निर्माणाधीन अवस्थामा रहेकाले मेलम्चीको पानी तत्काल अस्थायी सुरुङबाट मुख्य सुरुङमा पठाउने गरिएको थियो ।

संरचनामा क्षति
आयोजनाका प्रवक्ता पन्तका अनुसार बाढीले आयोजनाको दर्जनौँ संरचना बगाउनुका साथै क्षति पु¥याएको छ । बाढीले तिम्बु र हल्देको दुईवटा मोटरेबल पुल, बाँध स्थलको दुईवटा बेलिब्रिज, मुहान नजिकैको इन्जिनियरिङ क्याम्प, सुरक्षा पोस्ट, कामदार तथा ठेकेदार बस्ने क्याम्प, क्यान्टिन तथा मेसिनहरू बगाएको छ ।
त्यसैगरी आयोजनाको क्षेत्रअन्तर्गतको तालामाराङ, चनौटे, हल्दे, चिप्लेढुङ्गालगायत स्थानमा टवटा मोटरेबल पुल बनाएको उहाँले जानकारी दिनुभयो ।

आठ जना सम्पर्कविहीन
आयोजनासँग सम्बन्धित आठ जना जनशक्ति अहिलेसम्म सम्पर्कविहीन रहेकोमा चार जनाको शव भेटिएको उहाँले जानकारी दिनुभयो । आठ जनामा दुई जना नेपाली र तीन÷तीन जना भारतीय र चिनियाँ नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद