चक्रवातको प्रभाव हावाहुरी

काठमाडौँ, जेठ १२ गते । बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात ‘यास’को प्रभाव नेपालमा देखिन थालेको छ । यो चक्रवातका कारण मङ्गलबार नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ ।
चक्रवातको असर नेपालमा झन्डै एक साता रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठले शुक्रबारसम्म बढी असर देखिन सक्ने र त्यसपछि हल्का बदलीको अवस्थामा परिणत भएर चक्रवातको असर मत्थर हुने बताउनुभयो ।
बङ्गालको खाडीमा उत्पत्ति भएको न्यून चापीय प्रणाली विकास हुँदै सोमबार चक्रवातमा परिणत भएको ‘यास’ अझ धेरै शक्तिशाली हुने क्रममा रहेको छ ।
‘यास’ भारतको उडिसाबाट आठ सय किलोमिटरभन्दा टाढा बङ्गालको खाडीमा उत्पत्ति भएर उत्तर–पश्चिमतर्फ आइरहेको छ । नेपालका पूर्वी भागबाट उडिसाको दूरी झन्डै दुई हजार पाँच सय किलोमिटर छ । उडिसाबाट जमिनमा प्रवेश गर्ने यो चक्रवातले उडिसा र आसपासको क्षेत्रमा धेरै क्षति गर्ने अनुमान गरिएको छ ।
अति धेरै शक्तिशाली यो चक्रवातले १९० देखि दुई सय किलोमिटर प्रतिघण्टाको गति लिने अनुमान रहेकाले नेपालमा पनि केही असर पार्ने मौसमविद्को अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार चक्रवात उत्तर–पश्चिम सर्दै बुधबार ‘अति धेरै शक्तिशाली’ बन्ने छ । उडिसामा गम्भीर असर पारेको खण्डमा यो चक्रवातले नेपालमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारी वर्षा गराउने छ । यसको असर नेपालको पूर्वी भागमा बढी हुनेछ ।
प्रदेश १ को हिमाली र पहाडी भूभाग तथा बागमती प्रदेशका उच्च भेगमा हिमपात र हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसपछि पूर्वबाट पश्चिम सर्दै जाने क्रममा बुधबार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार