स्थगित परीक्षा साउनमा लिने त्रिविको योजना

काठमाडौँ, जेठ १० गते । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ ।
लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।
परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।
हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन ।
यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ । मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ । गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।
परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले
स्पष्ट गर्नुभयो ।
विश्वविद्यालयले कोरोना सङ्क्रमण बढेपछि सेमेस्टर प्रणाली अध्ययन गर्ने सबै विद्यार्थीको परीक्षा भने अनलाइन माध्यमबाट लिन थालेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको पहुँच अनलाइन माध्यममा पनि भएका कारण अनलाइनबाट परीक्षा लिन सकिएको
जनाइएको छ ।
विद्यार्थी गाउँमा भएका कारण परीक्षा फाराम भर्न समस्या भएको क्याम्पस प्रमुखहरूले गुनासो गरेका बेला अनलाइनबाट परीक्षा सम्भव नहुने उहाँको भनाइ छ । यसको विकल्पमा विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पस या आफ्नो नजिकको पायक पर्ने क्याम्पसबाट परीक्षा लिने विकल्पका बारेमा आफूहरूले सोचेको जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् । यसको छिनोफानो छिटै गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने