आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, सभामुख, राष्ट्रिय सभाका अध्यक्षद्धारा शुभकामना

औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् 

यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले शुभकामना दिएका छन् । उनीहरुले श्रमिकको अधिकार रक्षाको माग गर्दै कोरोना संक्रमणको त्रासबाट बच्न सबैसँग आग्रह गरेका छन् । 

श्रमिक तथा मजदुर वर्ग कोरोनाको महामारीका सबैभन्दा बढी समस्यामा परेको भन्दै उनीहरुले अहिले महामारीको दोस्रो लहर तिब्र गतिमा बृद्धि भइरहेकाले लकाडाउन तथा निषेधाज्ञा जारी हुँदा देश विदेशमा काम गरिरहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएको बताएका छन् । “श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले उनीहरुले आफ्नो दैनिक जिविकोपार्जनमा समेत कठिनाई भोग्नुपरेको छ । राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुरको हक हितका लागि सरकार गम्भीर हुनुपर्दछ । त्यसकारण नेपाल सरकारले कोरोनाको समस्याबाट प्रभावित श्रमिक तथा मजदुरको उचित व्यवस्थापन तथा रोजगारीका लागि विशेष कार्यक्रम ल्याउनु पर्दछ,” राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

सभामुख अग्निप्रसाद सापकोटाले श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नु पर्ने चुनौती रहेको बताएका छन् । “कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था छ । रोजगारीका लागि देश बाहिर पुगेका हजारौं नेपाली श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्किरहेका छन । यस्तो कठिन अवस्थामा राज्यका तर्फबाट श्रमजीवी मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनु आवश्यक छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।
 
अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो । विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय