बालकोट भक्तपुरमा खुल्यो सुविधा सम्पन्न व्यायाम सेण्टर

भक्तपुर, ४ वैशाख – आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा र कार्डियो गर्ने ट्रेन्ड अहिले नेपालमा चलेको पनि छ । यी सब कुरालाई मध्ये नजर गर्दै भक्तपुरमा समेत यस्तै शारीरिक कसरत गर्न मिल्ने व्यवस्था फिटनेस फोकस सञ्चालनमा आएको छ ।

सूर्यविनायक नगरपालिका स्थित वडा नं. २ बालकोटका दुई युवाहरू मिलेर अन्तर्राष्ट्रिय स्तरको जिम, एरोबिक्स, जुम्बा र कार्डियो एकै ठाउँमा गर्न मिल्ने फिटनेस फोकस सञ्चालनमा ल्याएका हुन् । बालकोट चोक नजिकै रहेको उक्त व्यायाम केन्द्र ६० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको हो । २६ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको उक्त व्यायाम केन्द्रको संचालकद्वय संगीत श्रेष्ठ र सञ्जय शाक्य रहेका छन् ।

सञ्चालक संगीत श्रेष्ठका अनुसार नेपालमा थुप्रै व्यायाम केन्द्रहरु खुलेपनि आफूहरूले विदेशबाट अन्तर्राष्ट्रिय स्तरको सामाग्रीहरू झिकाई सस्तो र सर्वसुलभ मूल्यमा सेवा दिन चाहेको बताउनुहुन्छ । आफूहरूले ओलम्पिक स्तरको महँगो सामाग्रीहरू ल्याएपनि जनतालाई चलनचल्ती र सुपथ मूल्यमा नै सबै सेवाहरू दिन चाहेको उहाँले बताउनुभयो । फिटनेस फोकसले व्यायामगर्न आउने ग्राहकलाई ट्रेनर समेत उपलब्ध गराउने सञ्चालक श्रेष्ठले बताउनु भएको छ ।

प्रविधिलाई समेत ध्यानमा राख्दै फिटनेस फोकसले आफ्नो ग्राहकका लागि इलेकट्रोनिक कार्ड इन्ट्री सिस्टम राखेको छ । ग्राहकले सदस्यता लिएपछि उक्त केन्द्रले इलेकट्रोनिक कार्ड उपलब्ध गराउने छ ,जसको सहायताले भित्र पस्न आधिकारिकता प्रदान गर्छ । उक्त व्यायाम केन्द्रमा एकै पटक ४० जनाले जिम र २५ जनाले जुम्बा गर्न सक्ने अर्का सञ्चालक सञ्जय शाक्यले बताउनु भयो ।

जिम गर्नेहरूका लागि उक्त केन्द्रले ओलम्पिक स्तरको सामाग्रीका साथै दक्षिण एसियाकै पहिलो ब्याक हाइपर एक्सटेन्सन हाइड्रोलिक सिस्टम समेत भित्र्याएको छ । व्यायामकेन्द्र भित्रै ग्राहकको सुविधालाई मध्यनजर गर्दै चेन्जिंग रुम र वासरुमको समेत प्रबन्ध गरिएको शाक्यले बताउनुभयो ।

नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आएको व्यायाम केन्द्रले अहिले १० प्रतिशत छुटको व्यवस्था गरेको छ भने व्यायाम केन्द्र बिहान ५ बजे देखि ८:३० सम्म र साँझमा ५ बजे देखि ८:३० सम्म खुल्ला रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

एकताका लागि सक्रिय नारायणकाजी, उपेन्द्र यादवसँग भेट

काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी