२९ चैत्र २०७७,दर्जनौं कम्पनी, बैंक तथा होटलका मालिक रविभक्त श्रेष्ठको वार्षिक आम्दानी २ करोड रूपैयाँ मात्र भएको विवरण उनैको प्यान नम्बर (१०७६७२२१८) बाट खुलेको छ । तर, युनिलिभरबाट मात्रै वर्षको ५० देखि ६० करोड डिभिडेण्ड बुझ्दै आएका शाही सरकारका सहायकमन्त्री रविभक्त श्रेष्ठको वार्षिक आम्दानी २ करोड देखिनुमा कर विज्ञहरूले समेत शंका गरेका छन् । उनको एउटा प्यान नम्बरमा नेपाल एसबीआई बैंकबाट मात्र अघिल्लो आर्थिक वर्ष करिब २ करोड आम्दानी गरेको देखिन आएको छ ।सबैबाट प्राप्त हुने लाभांश मात्र जोड्दा वर्षको झण्डै एक अर्ब नाघ्ने गरेको छ । तर, करको सम्बन्धमा रविभक्तले देशभक्तिपूर्ण काम नगरेको आशंका छ ।
सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्रका साझेदार श्रेष्ठको तीबाहेक शिवविक्रम होल्डिङ्स प्रालि, युनाइटेड इन्स्योरेन्स कम्पनी, नेशनल सोप इण्डष्ट्रिज, एनएमबी बैंकलगायत कम्पनीमा करोडौंको सेयर लगानी छ । ती सबैबाट प्राप्त हुने लाभांश मात्र जोड्दा वर्षको झण्डै एक अर्ब नाघ्ने गरेको छ । तर, करको सम्बन्धमा रविभक्तले देशभक्तिपूर्ण काम नगरेको आशंका छ ।
नाफा बढाउने उद्देश्यले श्रेष्ठको युनिलिभरले गलत काम गरेको बताइन्छ । हेटौंडास्थित युनिलिभरको उत्पादनलाई सब कन्ट्रयाक्ट गरेर केही वर्षदेखि नेशनल सोपमार्फत उत्पादन थालिएको हो । नेशनल सोप युनिलिभरको नाफा ट्रान्सफर गर्ने सब्सीडायरी कम्पनीको रूपमा देखिन थालेको छ । युनिलिभरको आम्दानीबमोजिम धेरै कर तिर्नुपर्ने भएपछि कर बचत गर्ने उद्देश्यले त्यसो गरिएको सबैले बुझेको हुनुपर्छ । भारत र नेपाल दुवैतिर रहेको युनिलिभर हिन्दुस्तान र नेपालको नाममा ‘इधरका माल उधर’ गर्ने काम सजिलैसँग हुने गरेको छ । पाम आयलको आयातदेखि यताको उत्पादन भारत निकासीमा दुवैतिर कर छुटको फण्डा प्रयोग गरिन्छ भने कर तिर्ने ठाउँमा नेशनल सोपलाई अघि सारिन्छ । जबकि सबै सामान नेशनलले युनिलिभरको ब्राण्डमा तयार गर्दछ ।
युनिलिभर नेपालमा रहेका कम्पनीमध्ये अत्यधिक नाफामा छ । श्रेष्ठको लगानी रहेका संस्थामध्ये युनाइटेड फाइनान्स, श्री इन्टरप्राइजेज, युनिलिभर, एनएमबी बैंकको नाफा अत्यधिक छ । युनिलिभरबाट मात्रै उनले अघिल्लो आर्थिक वर्ष ५८ करोड रूपैयाँ लाभांशबापत बुझेको सरकारी विवरण छ । परिवारका अन्य सदस्यको नाममा रहेको सेयर र त्यसको आम्दानीलाई समेत गणना गर्दा यो आम्दानी धेरै गुणा हुनु स्वाभाविक हो । तर, व्यक्तिगत रूपमा अघिल्लो आर्थिक वर्ष रविभक्तको वार्षिक खुद आम्दानी २ करोड १४ लाख १८ हजार ७ सय ७१ रूपैयाँ मात्र देखाइएको छ ।
युनिलिभरको मात्र हिसाब गर्दा त्यो मात्र यस्तो संस्था हो, जसको प्रतिकित्ता एक सय रूपैयाँ सेयरको मूल्य १९ हजार ९ सय रूपैयाँ पुगेको छ । त्यसको कारोबार नै हुँदैन । किनभने ती सबै सेयर रविभक्तहरूको हातमा सीमित छ । केही वर्षदेखि सय रूपैयाँको सेयरलाई वर्षको ३५ देखि ३६ सय रूपैयाँ लाभांश प्राप्त हुने गर्छ । उता, नेशनल लाइफ इन्स्योरेन्समा पनि उनै जोडिएका छन् । होटल भिभान्ता, सोल्टी र युनाइटेड फाइनान्समा समेत चौधरी ग्रुपसँग राम्रै व्यावसायिक सम्बन्ध छ ।
कोकाकोला र नेबिको बिस्कुटमा पैतृक लगानी छ । श्रेष्ठका पिताको पालादेखि लगानी रहेको कोकाकोला र नेबिकोको आम्दानी पनि कम देखिँदैन । यतिधेरै अरबौं आम्दानी भएको व्यापारिक घरानाले सम्बन्धित निकायमा पेश गरेको आम्दानी र कर विवरणले भने सबैलाई झस्काइदिएको छ । झण्डै अर्बको हाराहारीमा नाफा कमाउने व्यवसायीले तिरेको कर भने १२ लाख १ हजार रूपैयाँको हाराहारीमा देखिनुले व्यापारी कसरी मालामाल बन्छन् भन्ने रहस्यलाई झन् पेचिलो छ ।
उनले पनि पछिल्लो केही वर्षमा आफ्नो
आम्दानी ४१ करोडबाट घटेर १५ लाख देखाउनुलाई रहस्यमय मानिएको छ ।
वार्षिक एकाध करोड रूपैयाँलाई मात्र आम्दानी देखाएपछि घरमा सुतिसुति अर्ब आम्दानी गर्नेको अरु रकम कहाँ गयो होला ? कहाँ लगानी गरियो होला ? त्यो पाटो झन् डरलाग्दो हुनसक्ने बताइन्छ । ठूला व्यवसायीको नाताले राज्यबाट सुविधा लिने तर आम्दानी बमोजिमको कर नतिर्ने नियतले राज्यले उनको आम्दानीबाट के पायो ? अनि कति पायो ?
उता, सधँै विदेशतिर बस्ने अर्का व्यवसायी प्रज्ञान राजभण्डारीको त्यही खेल देखिन्छ । उनको पनि देखाउने व्यवसाय सांग्रिला स्पिरिट मात्र हो । त्यो व्यवसायसँग अप्रत्यक्ष रूपमा गोल्छा अर्गनाइजेशन पनि जोडिएको देखिन्छ । सांग्रिला मूलतः विदेशी रक्सी आयात गरेर बेच्ने कम्पनी हो । उसले आयात गरेको विदेशी रक्सी बिक्री गर्ने सब्सिडायरी (देखाउने) कम्पनी भने ग्रीनलाइन इन्टरनेशनल हो । त्यो पनि पहिलेको काठमाडौं होटलवाला राणाको नाममा देखिन्छ । प्यान नम्बर १००१७५१८९ लिएका राजभण्डारीको करको फाइल यतिखेर न्युरोड कर कार्यालयमा पुगेको छ ।
उनले पनि पछिल्लो केही वर्षमा आफ्नो आम्दानी ४१ करोडबाट घटेर १५ लाख देखाउनुलाई रहस्यमय मानिएको छ । आम्दानीको तथ्य विवरण नलुकाई कुनैपनि व्यवसायको क्षेत्र विस्तार हुँदै जाँदा आम्दानी घट्ने प्रश्नै नआउने कर कार्यालयका अधिकारीहरू बताउँछन् ।
प्रज्ञान स्वयं काठमाडौं न्युरोडका रैथाने हुन् तर प्रायः युरोपतिर बस्छन् । उनको साँग्रिला स्पिरिटले कमिशनबापत ०६६/६७ मा आम्दानी ४१ करोड रूपैयाँ देखाएको थियो । तर, कम्पनीले ०७३ मा कन्सल्टेन्सी आम्दानी भन्दै ३ करोड ८१ लाख रूपैयाँमात्र देखायो । जबकि त्यो ०७५/७६ मा आइपुग्दा जम्मा १५ लाखमा झरेको देखाइएको छ । यसरी व्यवसाय बढ्दै जाने, सेवा विस्तार हुँदै जाने, स्वदेशमा बस्न छाडेर मानिस विदेश बस्ने, तर कम्पनी र व्यवसायको आम्दानी नसोचेको दरमा घटेको देखाउनेलाई के भन्ने ? श्रेष्ठ र राजभण्डारीका पछिल्ला आम्दानी र कर विवरणले व्यवसायीहरूको नियतलाई स्पष्ट पारेको सरकारी अधिकारीहरूले समेत दाबी गरेका छन् ।
जनआस्थाबाट साभार गरिएको
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई
काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने