२१ जना न्यायधीशको सरुवा

 २३ चैत्र ,उच्च अदालतका छ जना र विभिन्न जिल्लाका १५ जना न्यायाधीशको हिजो काज सरुवा भएको छ । प्राप्त विवरणअनुसार उच्च अदालतका न्यायाधीशहरुमध्ये बालकृष्ण उप्रेतीलाई जनकपुरबाट पोखरा र रेणुका साहलाई बिराटनगरबाट बुटवल पुर्याइएको छ । साह पूर्व प्रधानन्यायाधीश रामकुमार साहकी छोरी हुन् ।

त्यसैगरी न्यायाधीश डालकुमार खड्कालाई उच्च अदालत पोखराबाट जनकपुर,उज्जवल शुक्ललाई जनकपुरबाट पोखरा, नवराज थपलियालाई बुटवलबाट पाटन तथा किरणकुमारी गुप्तालाई जनकपुरबाट बिराटनगर लगिएको छ । न्यायाधीश गुप्ता रौतहट निवासी हुन् ।

काजको लागि न्यायपरिषद्को निर्णय आवश्यक नपर्ने भएकाले प्रधानन्यायाधीश राणाले काज खटाउनुभएको बताइएको छ ।
हिजै विभिन्न १५ जना जिल्ला न्यायाधीशको पनि काज सरुवा भएको छ । जसअनुसार महेन्द्रबहादुर कार्की सिन्धुपाल्चोकबाट सिन्धुली, हरिश्चन्द्र ढुंगाना लमजुङ्गबाट तनहुँ,गिरीराज गौतम सिरहाबाट झापा र तेजप्रसाद पौडेल धनुषाबाट म्याग्दी सरुवामा परेका हुन् ।

त्यसैगरी भरत लम्साललाई कञ्चनपुरबाट मोरङ,कमलप्रसाद पोखरेललाई सुनसरीबाट रुपन्देही, तेजेन्द्र सापकोटालाई कास्कीबाट कपिलवस्तु,परशुराम भट्टराईलाई काठमाडौंबाट धनुषा सरुवा गरिएको छ भने पुनाराम खनाललाई दाङबाट मनाङ लगिएको छ ।
हिजोको सरुवामा जिल्ला न्यायाधीशहरु रमेशकान्त अधिकारी गोरखाबाट सर्लाही, बाबुराम सुवेदी रौतहटबाट कास्की, सन्तोष पराजुली सिन्धुलीबाट सोलुखुम्बु,दिनबन्धु बराल नवलपरासीबाट गोरखा,महेन्द्र काफ्ले सोलुखुम्बुबाट काभ्रे र चन्द्रप्रकाश तिवारी मनाङबाट सिन्धुपाल्चोक पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष