
विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । ‘मन्त्रालयले स्वीकृति दिएसँगै जेठ १ गतेदेखि नयाँ मापदण्डअनुसार परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि बढाएका छौं,’ उनले भने ।
विभागले विभिन्न ८ चरणमा लाइसेन्सका लागि परीक्षा लिने गरेको छ । यसअघि उक्त चरणमा कुनै पनि एक गल्ती भएमा उक्त व्यक्ति लाइसेन्सका लागि अयोग्य भएको मानिन्थ्यो । तर, नयाँ मापदण्डअनुसार विभागले मूल्यांकनका लागि अंक विभाजन गरेको छ । विभागका अनुसार घुमाउरो आठ बनाउने चरणमा २० पूर्णांक रहेकोमा एकपटकसम्म अंकित रेखामा छोएमा र भुइँमा खुट्टा टेकेमा क्रमशः ५/५ अंक मात्र घटाइनेछ । युटर्न इन्डिकेटर लाइट र ट्राफिक संकेतको पालना नगरेमा यसबाट पाइने जम्मै पूर्णांक अर्थात् क्रमशः १० र १५ अंक काटिनेछ । उबडखाबड चरणमा एकपटकसम्म भुइँमा टेकेमा र सवारी स्टार्ट बन्द भएमा ५/५ अंक काटिनेछ । अस्वाभाविक रूपमा सवारी चलाएमा र ब्रेक, टायर तथा ऐनाको निरीक्षण नगरेमा ३/३ अंक अनि हेल्मेटको लक नलगाएमा ४ अंक काट्नेगरी अंक विभाजन गरिएको छ । विभागले उकालोमा २० र साँघुरो फलेक चरणमा १० अंक राखेको छ । यसमा गल्ती भएमा जम्मै अंक काटिनेछ । यीमध्येबाट चालकले कुल गरी ७० अंक मात्र प्राप्त गरे पनि सवारी चालक अनुमतिपत्रका लागि योग्य ठहरिने विभागका प्रवक्ता भुसालले बताए ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने