सरकार र निजी क्षेत्र एकअर्काका सहयात्री : प्रधानमन्त्री

विराटनगर, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र एकअर्काका सहयोगी बनेर मात्रै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङको नवनिर्वाचित पदाधिकारी पदस्थापनको अवसर तथा ‘मेरो देश मेरै उत्पादन’ अभियानको शुक्रबार ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्र सरकारको सहयात्रीका रूपमा रहनुपर्ने बताउनुभएको हो । उहाँले मुलुक निर्माणका लागि सबैको सामूहिक पहल आवश्यक रहेको बताउँदै उत्पादनमा जाँगर र उपभोगमा विश्वासप्रेरित कार्यबाट मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा हुनसक्ने बताउनुभयो ।
‘मेरो देश मेरै उत्पादन’ अभियान नारा र सामान्य लोगोमा मात्रै सीमित नराख्न आग्रह गर्दै उहाँले ठूलो उद्देश्य र सङ्कल्पका रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशैभरि यो नारालाई अभियानका रूपमा चलाउन आवश्यक छ । ” उहाँले उद्योग र उत्पादनको क्षेत्रलाई नयाँ उत्साह थप्न सरकार उत्तिकै प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
सरकार र उद्योगी, उद्योगी र श्रमिकबीचको सम्बन्ध सुमधुर बन्दै गएको बताउँदै उहाँले यसले थप लगानी क्षेत्र पहिचान गर्न र रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्ने बताउनुभयो ।
कोरोना सङ्क्रमणले विश्वलाई त्रसित बनाइरहेको समयमा समेत सहज आपूर्ति प्रणालीको व्यवस्थापनमा सरकारको उचित पहल र उत्पादनका क्षेत्रमा गरिएको समन्वयले सकारात्मक स्थिति निर्माण गरेको प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो । कोरोनाले झट्का दिएको पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्र विस्तारै सुधँ्रदै गएकाले आगामी दिनमा पर्यटन क्षेत्रलाई उकास्ने योजना ल्याउन सरकार गम्भीर रहेको बताउनुभयो ।
कोरोना सङ्क्रमणबाट नागरिकको जीवन बचाउने पहिलो दायित्वप्रति सरकार सफल भएको बताउँदै उहाँले दोस्रो लहरका रूपमा फैलनसक्ने सङ्क्रमण रोक्न सबै क्षेत्र सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि एकले अर्कोलाई सहयोग गरे मात्रै सम्भव हुनेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले लगानी, रोजगारी, उत्पादन र उपभोगको ‘चेन इफेक्ट’ राष्ट्रिय अर्थतन्त्र र समृद्धिसँग रहेको बताउँदै आगामी दिन आयात प्रतिस्थापन गरेर निर्यात वृद्धिको क्षेत्रलाई प्रवद्र्धन गरिनेमा जोड दिनुभयो । व्यापार घाटा क्रमशः सन्तुलनको दिशामा बढेको बताउँदै उहाँले प्रत्येक नागरिक उद्यमी बन्न आकर्षित हुनुपर्ने बताउनुभयो ।
घरेलु, साना, मझौला उद्योगहरूप्रतिको आकर्षण बढाउँदै लैजाने र ठूलो उद्योगमा लगानी वृद्धि गर्ने योजनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रत्येक क्षेत्रलाई अवसरका रूपमा विकास गरिने बताउनुभयो । कृषि उत्पादन प्रणालीमा सुधार आउँदै गएका कारण देशको अर्थतन्त्रमा यसको महŒव विस्तारै देखिने प्रधानमन्त्री ओलीको विश्वास थियो ।
सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्न भन्सार र करका क्षेत्रमा गर्नुपर्ने कानु्नी सुधार गर्दै लैजाने बताउँदै उहाँले त्यसका लागि उद्योगी–व्यवसायीलाई समस्या औँल्याइदिन सुझाव दिनुभयो । उद्योगी–व्यवसायीले देशलाई आवश्यक नै नरहेको वस्तु आयात गर्नेभन्दा देशभित्रै उत्पादन गरेर निर्यात गर्ने वस्तु उत्पादनको क्षेत्र पहिल्याउन आवश्यक रहेकोमा उहाँको जोड थियो ।
देशको परिचय र पहिचान झल्कने उत्पादनबाट नेपाली कच्चा पदार्थ, श्रम र सीपलाई अन्तर्राष्ट्रिय बजारमा वस्तुको रूपमा निर्यात गरिनुपर्नेमा उहाँको जोड थियो । देशभित्रैको उत्पादनप्रति गर्व गर्दै त्यसको उपयोग बढाउन र निर्यातजन्य वस्तु तयार गर्न सक्दा मात्रै राष्ट्रिय अर्थतन्त्रले फड्को मार्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थिरताको पक्षमा उभिएर मात्रै समृद्धि सम्भव रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई आवश्यक पर्ने संरचना निर्माणदेखि सहयोगमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
उद्योग सङ्गठन मोरङका नवनिर्वाचित अध्यक्ष सुयस प्याकुरेल नेतृत्वको कार्यसमितिले शुक्रबार नै पदभार ग्रहण गरेको छ । कार्यक्रममा अध्यक्ष प्याकुरेलले सरकारको राष्ट्रिय आकाङ्क्षाको विकल्पमा निजी क्षेत्र बढ्न नसक्ने बताउँदै विकासका हरेक क्षेत्रमा सहयोगी बन्ने प्रतिबद्धता जाहेर गर्नुभयो । अध्यक्ष प्याकुरेल ‘मेरो देश मेरै उत्पादन’को प्रवद्र्धकसमेत हुनुहुन्छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको भर्चुअल उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार