प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज ‘एमिकस क्युरी’को बहस

 फाल्गुन ४, काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अदालतका सहयोगी (एमिकस क्युरी)को बहस सुरु हुँदैछ । रिट निवेदक तर्फको जवाफी बहस सोमबार सकिएसँगै आजदेखि एमिकस क्युरीमा आबद्ध ५ अधिवक्ताले बहस गर्ने भएका हुन् ।

एमिकस क्युरीमा नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । एमिकस क्युरिको रायपछि करिब एक हप्तामा फैसला आउने कानुन व्यवसायीको अनुमान छ ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । उक्त कदम गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेका रिट सम्बन्धमा झन्डै डेढ महिनादेखि सुनुवाइ जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

सर्वोच्चको परमादेश : बेपत्ता परिवारको हकमा बाधक १५ कानुन संशोधन गर्न सरकारलाई निर्देशन

  चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न