२८ बुधबार, खोटाङ : दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पीपीआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पीपीआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पीपीआरविरुद्धको खोप दिन साप्ताहिक अभियान शुरु गरिएको हो ।
राष्ट्रिय पीपीआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले खसीबाख्रा र भेडालाई पीपीआरविरुद्धको खोप दिन थालिएको गाउँपालिकाको कृषि शाखा संयोजक सरगम बुढाथोकीको भनाइ छ । हाल गाउँपालिकाका सातवटै वडामा पशु प्राविधिकले खसीबाख्रा र भेडालाई पीपीआरविरुद्धको खोप दिइरहेका छन् ।
महामारीका रूपमा फैलिन सक्ने पीपीआर रोगबाट खसीबाख्रा र भेडालाई जोगाउन पीपीआरविरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “गत वर्ष गाउँपालिकाभित्रका किसानले पालेका करिब ३०० भेडाबाख्रा मरेका थिए”, उनले भने, “यस वर्ष रोग देखिनुभन्दा पहिले नै १२ हजार खोपको व्यवस्था गरेर खसीबाख्रा र भेडालाई खोप दिन अभियान शुरु गरिएको हो ।” रासस
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न