प्रभु लाइफको शेयर कारोबार आजदेखिः कतिमा हुँदैछ कारोबार, कति पुग्ला मूल्य ?

काठमाडौं, पुस १९,काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजदेखि हुने भएको छ । सर्वसाधारणलाई निष्कासन गरेको प्रभु लाइफले सो शेयरको बाँडफाँट र सूचीकरणको प्रक्रिया पूरा गरेर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु गर्न लागेको हो । 

आइतबारदेखि सुरु हुने कारोबारका लागि इन्स्योरेन्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको छ । यसअनुसार यो शेयरको पहिलो कारोबार १ सय १० रुपैयाँदेखि ३ सय २८ रुपैयाँसम्ममा हुनेछ । यद्यपि अन्यथा नभएको अवस्थामा पहिलो कारोबार माथिल्लो रेञ्ज अर्थात् ३ सय २८ रुपैयाँमै हुनसक्ने सम्भावना छ । 

२ अर्ब चुक्ता पुँजी भएको यो कम्पनीले ३० प्रतिशत बराबरले हुने ६० करोड बराबरको आईपीओ जारी गरेको थियो । त्यसमध्ये ३÷३ करोडको शेयर म्युचुअल फण्ड र कर्मचारीलाई छुट्याएर बाँकी ५४ करोड रुपैयाँ बराबरका ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई वितरण गरेको थियो । 

हालसम्म सूचीकरण भएका जीवनबीमा कम्पनीमध्ये सबैभन्दा कम मूल्य रिलायन्स लाइफ इन्स्योरेन्सको ६ सय १ रुपैयाँ र सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ हजार २ सय ९५ रुपैयाँ छ । रिलायन्स लाइफ नयाँ जीवनबीमा कम्पनी रहेकोले प्रभु लाइफ इन्स्योरेन्सको मूल्य पनि सोही कम्पनीको बजारमूल्यसँग तुलना गर्न मिल्ने बजारका जानकारहरु बताउँछन् । 

रिलायन्स लाइफ इन्स्योरेन्सको भन्दा प्रभु लाइफको पर्फमेन्स कमजोर छ । तर, प्रभु लाइफ प्रभु ग्रुपको ब्रान्डमा भएकोले यसको ब्रान्ड भ्यालु भने रिलायन्सको भन्दा बढी छ । बजारमूल्यमा यी दुई फ्याक्टरले असर गर्दा मूल्य तलमाथि हुनसक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक