प्रभु लाइफको शेयर कारोबार आजदेखिः कतिमा हुँदैछ कारोबार, कति पुग्ला मूल्य ?

काठमाडौं, पुस १९,काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजदेखि हुने भएको छ । सर्वसाधारणलाई निष्कासन गरेको प्रभु लाइफले सो शेयरको बाँडफाँट र सूचीकरणको प्रक्रिया पूरा गरेर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु गर्न लागेको हो । 

आइतबारदेखि सुरु हुने कारोबारका लागि इन्स्योरेन्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको छ । यसअनुसार यो शेयरको पहिलो कारोबार १ सय १० रुपैयाँदेखि ३ सय २८ रुपैयाँसम्ममा हुनेछ । यद्यपि अन्यथा नभएको अवस्थामा पहिलो कारोबार माथिल्लो रेञ्ज अर्थात् ३ सय २८ रुपैयाँमै हुनसक्ने सम्भावना छ । 

२ अर्ब चुक्ता पुँजी भएको यो कम्पनीले ३० प्रतिशत बराबरले हुने ६० करोड बराबरको आईपीओ जारी गरेको थियो । त्यसमध्ये ३÷३ करोडको शेयर म्युचुअल फण्ड र कर्मचारीलाई छुट्याएर बाँकी ५४ करोड रुपैयाँ बराबरका ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई वितरण गरेको थियो । 

हालसम्म सूचीकरण भएका जीवनबीमा कम्पनीमध्ये सबैभन्दा कम मूल्य रिलायन्स लाइफ इन्स्योरेन्सको ६ सय १ रुपैयाँ र सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ हजार २ सय ९५ रुपैयाँ छ । रिलायन्स लाइफ नयाँ जीवनबीमा कम्पनी रहेकोले प्रभु लाइफ इन्स्योरेन्सको मूल्य पनि सोही कम्पनीको बजारमूल्यसँग तुलना गर्न मिल्ने बजारका जानकारहरु बताउँछन् । 

रिलायन्स लाइफ इन्स्योरेन्सको भन्दा प्रभु लाइफको पर्फमेन्स कमजोर छ । तर, प्रभु लाइफ प्रभु ग्रुपको ब्रान्डमा भएकोले यसको ब्रान्ड भ्यालु भने रिलायन्सको भन्दा बढी छ । बजारमूल्यमा यी दुई फ्याक्टरले असर गर्दा मूल्य तलमाथि हुनसक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी