राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा

काठमाडौं, पुस १८ः राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले नक्कली भ्याट बिलको कारोबार गर्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

राजस्व छलीमा संलग्न सर्लाही जिल्ला स्थायी घर भई पद्म कोलनी सीतापाइला काठमाडौं बस्ने रामकिशोर प्रसादसहित २८ जनाबाट सो परिणामको राजस्व छली भएको विभागले जनाएको छ ।

नक्कली भ्याट बिल कारोबारी प्रसादले मोहन ट्रेड इन्टरनेसनललगायत विभिन्न २६ वटा फर्म सञ्चालन गरी यस्तो अवैध धन्दा चलाउने गरेको विभागको अनुसन्धानबाट खुलेको हो ।

विभागका अनुसार कुल २६ फर्महरूले कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी कारोबार भएको देखाएका थिए । फर्मको बैंक खाता सञ्चालन भने प्रसाद आफैंले नै गरेर विभिन्न फर्मको नाममा झुटा तथा नक्कली भ्याट बिल तथा बिजक जारी गरेको पाइएको विभागको दाबी छ ।

यस्तो अवैध धन्दामा लागेका प्रसादले आर्थिक वर्ष २०७१-७२ देखि आव २०७४-७५ सम्ममा भ्याटतर्फ ४३ करोड, ८१ लाख ८० हजार ३७८ रुपैयाँ र आयकरतर्फ ८६ करोड ५६ लाख १ हजार ७८५ रुपैयाँ राजस्व छली गरेका थिए । यसैगरी सोही अवधिमा उनले लाभांश करतर्फ पनि २ करोड ८ लाख ३० हजार ४०२ रुपैयाँ छली गरेका थिए ।

अनुसन्धानको क्रममा सबुत प्रमाण भेटिएको भन्दै विभागले अब उनीहरूविरुद्ध कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गराउनसमेत मागदाबी गरेको छ । उनीविरुद्ध राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ अनुसार कारबाही हुने विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका