दिल्लीको ‘सही समय’

काठमाडौं ,पुस १२, २०७७,प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बढाउन नयाँ दिल्ली उचित मौकाको पर्खाइमा थियो । ओलीले बीआरआई अन्तरगतको चिनियाँ परियोजना टुंग्याउन आलटाल गरेको र उनी अमेरिकी सहयोगको एमसीसी परियोजनाको पक्षमा रहेको ठम्याइ चीनको थियो ।

त्यसमाथि चिनियाँ राजदूत हाउले गत असारको एउटा भेटमा ‘पार्टी फुटाउनुभन्दा बरु प्रधानमन्त्री पद छाड्न’ आग्रह गरेपछि ओली चीनबाट टाढिँदै गए । यी परिघटनालाई सूक्ष्म ढंगले केलाइरहेको र उचित मौकाको पर्खाइमा रहेको भारतले ओलीबाट दिल्लीसँग सम्पर्क विस्तार गर्ने प्रस्तावलाई सहजै स्वीकार गर्यो ।

मोदीको विशेष दूतका रुपमा ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलाई काठमाडौँ पठायो । गोयलको भ्रमणको केही सातामै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौँ पुगे । त्यतिमात्र होइन, बालुवाटारकै विशेष आग्रहमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि काठमाडौँ ओर्लिए ।

दिल्लीबाट भएका यी उच्चस्तरीय भ्रमणले नेकपाभित्रको आन्तरिक विवाद फेरि चर्कियो । भारतका लागि नेकपाभित्रको विवाद चर्किनु आफैमा सुखद घटाना थियो । त्यसमाथि गोयलको गोप्य भ्रमणसँगै ओलीले प्रयोग गर्दै आएको राष्ट्रवादको सूचकांक क्रमशः ओरालो लाग्न थाल्यो ।

यही परकम्पमाझा तल्लो सदन विघटनदेखि एउटा बलियो धरातलको पार्टी दुई टुक्रा भएको छ जुन भारतको लागि निकै प्रीतकर हो । आखिर उसले रिङ बाहिर रहेर नै नेपालको राजनीतिक खेलमा आफू अनुकूल नतिजा पाएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’