अख्तियारको प्रमुख आयुक्तमा राई सिफारिस,संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति

काठमाडाैं, पुस ६, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेको छ।

संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो। उक्त निर्णय अनुसार राईको नाम संसद सचिवालयमा दर्ता भएको स्रोतले जनायो।

सरकारले मंसिर संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि लागि संवैधानिक परिषदको बैठक बसे पनि गणपुरक संख्या नपुगेपछि अध्यादेश ल्याएको थियो । अध्यादेश ल्याएलगत्तै बसेको संवैधानिक परिषदको बैठकले राईको नाम प्रमुख आयुक्तमा सिफारिस गरेको खुलेको छ ।

संवैधानिक निकायका रिक्त  ४५ वटा पदमा नियुक्तिका लागि सिफारिस गरेका छन्। प्रधानमन्त्रीले आइतबार संसद विघटन गरेपछि रिक्त रहेका  संवैधानिक निकायमा ४५ जनालाई नियुक्तिका लागि सिफारिस गरेकोबारे संसदमा जानकारी गराएको छ।

संवैधानिक निकायमा सिफारिस गरिएकाहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग 

अध्यक्ष : प्रेमकुमार राई

सदस्य : जयबहादुर चन्द

किशोरकुमार सिलवाल

निर्वाचन आयोग

सदस्य: रामप्रसाद भण्डारी

डा. जानकी तुलाधर

मानवअधिकार आयोग

अध्यक्ष: टोपबहादुर मगर

सदस्य: मनोज दुवाडी

डा. सूर्य ढुंगेल

लिली बस्नेत थापा

मिही ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

सदस्य: जुद्ध गुरुङ

अमरराज मिश्र

महिला आयोग

अध्यक्ष: कमलाकुमारी पराजुली

सदस्य: कृष्णकुमारी पौडेल खतिवडा

विद्याकुमारी सिन्हा

दलित आयोग

अध्यक्ष: देवराज विक (दाङ)

सदस्य: मिना सोभ

परशुराम रमतेल

कुञ्ज बराइली

मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग

अध्यक्ष: मनप्रसाद खत्री

सदस्य: रामचन्द्र जोशी

हरिभक्त जोशी

जितेन्द्र पाश्वान

आदिवासी आयोग

अध्यक्ष: रामबहादुर थापा उदयपुर

सदस्य: मीन श्रीस मगर गुल्मी

मिनसिंह लामा नुवाकोट

रिना राना स्याङ्जा

चरण राई उदयपुर

मधेसी आयोग

सदस्य: जिवक्ष साह

रेणुदेवी शाह

विजय गुप्ता

थारु आयोग

सदस्य: विकास चौधरी

बबिता चौधरी

सुबोधसिंह थारु

भोलाराम चौधरी

मुस्लिम आयोग

महमुद्दिम अलि

मिर्जाअर्सद बेग

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको