विद्युतीय माध्यमबाट घर नक्सा पास

हाल रहेको कागजी प्रक्रियालाई विस्थापित गरी विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटोछरितो तथा सहज हुने भएकाले यो सेवा शुरु गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

यो सेवाअन्तर्गत भवन निर्माण अनुमति तथा मिसिल÷रेकर्ड विद्युतीयरूपमा अभिलेख राखिने, अनलाइन दर्ता, फाइल कहाँ पुगेको छ, भनी थाहा पाउन सकिने, भवन मापदण्डसम्बन्धी राष्ट्रिय भवनसंहिता जाँच गर्न, नक्सापास बुक, सँधीयार, मुचुल्का, सर्जमीन समावेश, रिपोर्ट हेर्न र प्रमाणपत्र प्रिन्ट गर्न सकिने उनले बताए । 

त्यस्तै फाइल बोकेर कार्यालय आउनु नपर्ने, पुराना कागजात हराउने समस्याको अन्त्य हुने, राजश्व प्रणालीले हिसाब गर्ने भएकाले पारदर्शी हुने, सबै परामर्शदाता छनोट गर्न सकिने र नक्सापास भएमा घरधनीले मोबाइल एसएमएस प्राप्त गर्ने, सेवाग्राहीले घरमै बसेर कामको अवस्था बुझ्न र गुनासोसमेत गर्न मिल्नेजस्ता सुविधा पाइने प्रमुख पाण्डेको भनाइ छ । यो प्रणालीले सुशासन अभिवृद्धिमा योगदान पुग्ने उनले बताए । 

यो सेवा शुरु भएपछि गलत तथ्याङ्क हालेर नक्सापास गर्ने प्रवृत्तिको समेत अन्त्य हुने उपमहानगरपालिकाका इञ्जिनीयर अपिल आचार्यले बताए ।

‘अहिले तुलसीपुरमा करिब ४० हजार घर सङ्ख्या भए पनि छ हजार ५६ घरको मात्रै नक्सापास भएको भन्दै अब प्रत्येक घरमा पुगेर सबैलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको छ,’ उनले भने । 

उनका अनुसार कच्ची घरको पनि नक्सा पास गर्ने र घर नम्बर दिने गरी तयारी थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले