कमिसन घटाउन माग गर्दै धितोपत्र बोर्ड घेराउ

२०७७ मंसिर १९ शुक्रबार ,काठमाडौं । ब्रोकर कमिसन घटाउन माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् ।  सेयर लगानीकर्ताहरुले शून्य दशमलब २५ प्रतिशत मात्रै ब्रोकर कमिसनको व्यवस्था गर्न माग गरेको छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पुँजीबजार लगानीकर्ता संघ, पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले बोर्ड घेराउ गरेका हुन् ।

सरकारसँग भएको ब्रोकर कमिसन पुनरावलोकन गर्ने सम्झौता कार्यान्वयनमा लैजान उनीहरुले बोर्डको ध्यानाकर्षण गराएका हुन् ।  अर्थ मन्त्रालयसँगको सम्झौता लगत्तै बोर्डले कमिसन पुनरावलोकनका लागि अध्ययन गर्न गठित समितिले पनि प्रतिवेदन बुझाइ सकेको भन्ने जानकारी आएको भन्दै उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् । 

यस्तै सेयर धितो कर्जाको पुनरावलोकन गर्ने राष्ट्र बैंकको निर्णयमा पनि बोर्डमार्फत ध्यानाकर्षण गराएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक