आज महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११२औं जन्मजयन्ती

काठमाडाैं, कात्तिक २९ः नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११२औँ जन्मजयन्ती । स्वदेश र विदेशमा रहेका नेपालीभाषीहरूले देवकाेटाकाे स्मरणमा विभिन्न कार्यक्रम गरी जयन्ती मनाउने गर्छन् ।

महाकवि देवकोटाको विसं १९६६ मा कार्तिक कृष्ण औँसी (कार्तिक २७ गते) अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा  जन्मिएका थिए । त्यसैले प्रत्येक वर्ष लक्ष्मीपूजाकै दिन उनकाे स्मरण गरिन्छ । यसपाली भने काेराेना महामारीका कारण  औपचारिक कार्यक्रमविना नै देवकाेटाकाे जयन्ती मनाइन लागेकाे बताइएकाे छ ।

दश वर्षको उमेरबाट साहित्य रचना सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

नेपाली नाट्यसम्राट बालकृष्ण समले मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै देवकोटाको तीनपटक जन्म भएको अभिव्यक्ति दिएका थिए । नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ । तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता थियो ।

उनको खण्डकाव्य मुनामदनले नेपालमा धेरै बिक्री भएको साहित्यिक कृतिको रुपमा बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।

देवकोटाको निधन वि. सं. २०१६ भाद्र २९ काठमाडाैंमै भएको हो । उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध हुनुका साथै देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी