बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतीमा बिजयी

अमेरिकी राष्ट्रपतीय निर्वाचनको चर्को प्रतिस्पर्धालाई मतगणनाको अन्तिम चरणमा अग्रता कायम राखेपछि डेमोक्र्याट उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले विजयी हुनको लागि आवश्यक २७० इलेक्टोरल कलेजको भोट नघाएका छन् ।

अमेरिकी निर्वाचन कानुनअनुसार ५३८ इलेक्टोरल कलेज भोटमध्ये बहुमतको लागि आवश्यकभन्दा बढी अर्थात् २८४ पुर्याएपछि बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बन्न बाटो खुलेको छ । सीएनएनका अनुसार पछिल्लो दुई दिनदेखि गणना भएका पेन्सिलभानिया, जर्जिया, विस्कन्सन र एरिजोना राज्यको मतगणनामध्ये पेन्सिलभानियाको २० इलेक्टोरल कलेज भोट प्राप्त गरेपछि उनी राष्ट्रपति बन्ने निश्चित भएको हो ।

नयाँ राष्ट्रपतिले आगामी जनवरी २० का दिन ह्वाइट हाउसमा आयोजना हुने विशेष समारोहमा शपथ ग्रहण गरेपछि पदभार सम्हाल्ने संवैधानिक व्यवस्था छ । बाइडेनको जीतसँगै उपराष्ट्रपति घोषित कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति हुने भएकी छिन् । उनकी आमा भारतीय मूलकी हुन् भने बाबु आप्रवासी जमैकन हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न