अमेरिकी राष्ट्रपतीय निर्वाचनको चर्को प्रतिस्पर्धालाई मतगणनाको अन्तिम चरणमा अग्रता कायम राखेपछि डेमोक्र्याट उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले विजयी हुनको लागि आवश्यक २७० इलेक्टोरल कलेजको भोट नघाएका छन् ।
अमेरिकी निर्वाचन कानुनअनुसार ५३८ इलेक्टोरल कलेज भोटमध्ये बहुमतको लागि आवश्यकभन्दा बढी अर्थात् २८४ पुर्याएपछि बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बन्न बाटो खुलेको छ । सीएनएनका अनुसार पछिल्लो दुई दिनदेखि गणना भएका पेन्सिलभानिया, जर्जिया, विस्कन्सन र एरिजोना राज्यको मतगणनामध्ये पेन्सिलभानियाको २० इलेक्टोरल कलेज भोट प्राप्त गरेपछि उनी राष्ट्रपति बन्ने निश्चित भएको हो ।
नयाँ राष्ट्रपतिले आगामी जनवरी २० का दिन ह्वाइट हाउसमा आयोजना हुने विशेष समारोहमा शपथ ग्रहण गरेपछि पदभार सम्हाल्ने संवैधानिक व्यवस्था छ । बाइडेनको जीतसँगै उपराष्ट्रपति घोषित कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति हुने भएकी छिन् । उनकी आमा भारतीय मूलकी हुन् भने बाबु आप्रवासी जमैकन हुन् ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति