मन्त्री श्रेष्ठको निर्देशन: मंसिर १५ भित्र काठमाडौंको फोहोर बञ्चरे डाँडाँमा बिर्सर्जन गर्नु

काठमाडौं, कात्तिक,अबको एक महिना भित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले निर्देशन दिएका छन् ।शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब कुनैपनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् ।

हाल फोहोर बिर्सजन भैरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका थिए ।

पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिर्सर्जन गर्न मिल्नेगरी काम सक्न कडा निर्देशन दिएका थिए ।

लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिर्सजन गर्न मिल्नेगरी अन्तिम काम भैरहेको जानकारी गराएका थिए ।

तपाईले धेरै पटक भाका फेरी सक्नुभएको छ, अब मंसिर १५ गतेबाट फोहोर बिसर्जन गर्न मिल्नेगरी तयारी गर्नुस–प्रगतिको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले भने ।

काठमाडौं र ललितपुर दुई महानगर सहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पोखरीको निर्माण भैरहेको छ ।

हामी मंसिर १ गतेभित्र फोहोर फ्याक्नेगरी तयारी गरेका छौ–निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भने ।

प्रधानमन्त्री केपी ओलीले समेत केही दिनभित्रै फोहोर बिसर्जन गर्न मिल्नेगरी ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन अकस्मात बञ्चरेडाडा पुगेका थिए ।

मन्त्रीसंगै मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक प्रद्मकुमार मैनाली सहितको टोली निरीक्षण गर्न पुगेका थिए ।

मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको बिकल्प नभएको बताए।

सरकारको महत्वपुर्ण आयोजनाको रुपमा रहेको उक्त ल्याण्डफिल साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गिकरण नगरी बिसर्जन गर्दा २५ र वर्गिकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसंग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिए ।

सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो ।

महानिर्देशक गेलालले मंसिर १५ भित्र फोहोर व्यवस्थापन गर्न मिल्नेगरी अन्तिम तयारी भैररहेको जानकारी दिए । मन्त्री श्रेष्ठलाई ल्याण्डफिल साइटको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न पुगेका महानिर्देशक गेलालले अहिलेसम्म ल्याण्डफिल जाने बाटोको निर्माण, डाडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण
सम्पन्न भैसकेको जानकारी गराए ।

अब फोहोर बिसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी छ, त्यसपछि मन्त्री ज्युले भनेकै समयमा फोहोर बिसर्जन गर्नेछौ–महानिर्देशक गेलालले भने ।

मन्त्री श्रेष्ठले प्रधानमन्त्रीको समेत ध्यानकर्षण भएको यो विषयमा सबै गम्भीर हुनुपर्ने बताउदै अब तोकिएकै समयमा फोहोर बिर्सजन गर्न ढिलाई गर्न नहुने निर्देशन दिए । उनले भने–यो बोली सरकारको हो, अब मंसिर १५ भित्र जसरी पनि बञ्चरे ल्याण्डफिल साइटमा फोहोर बिसर्जन हुनैपर्छ ।

यसअघि शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले बञ्चरेडाडा ल्याण्डफिल साइटको प्रगति बारे जानकारी लिन पुगेका थिए । सचिव डा. सिंहले मन्त्रीको निर्देशन अनुसार तोकिएको समयमा फोहोर व्यवस्थापन हुने बताए । विभागले हालसम्म करिब ४० करोड रुपैया खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि ४६ करोड ५ लाख ९४ हजार रुपियाको ठेक्का सम्झौता गरिसकेको छ ।

पहिलो चरणको निर्माण सम्झौता बैशाख २२ सम्म थियो । लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले यही कात्तिक २२ गतेसम्म म्याद थपेको थियो ।

दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको थियो । उक्त कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले कोभिड–१९को स्वाथ्यजन्य समस्याको कारणले कामदार र निर्माण समाग्री आपुर्तिमा कठिनाई, सिसडोलमा फोहोरको पहिरो गई आगमन अबरुद्ध भएको र कोल्पुखोलामा वर्षातमा बाढी आएर निर्माणकार्यमा प्रभावित भएको जनाएको छ ।

१३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर बिसर्ज भैरहेको थियो । दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर बिसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिक टन फोहर बिसर्जन भैरहेको छ ।

वि.सं. २०६२ सालमा २ वर्षको लागि मात्रै फोहर व्यवस्थापन गर्न मिल्लेगरी मात्र सिसडोल ल्याण्डफिल साइट तयार गरेको थियो । लगत्तै दिर्घकालिन रुपमा फोहोर व्यवस्थापन बञ्चरेडाडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्याण्डफिलसाइट हस्तान्तरण गरेपछि बञ्चरेडाँडा दिर्घकालीन ल्याण्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो ।

जाइकाले सो ल्याण्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । जाइकाले कन्सेप्चुयल डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ ।

सरकारले २०६२ सालमै तीन वर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर ब्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै एकदशक अघि बञ्चरेडाँडाको ल्याण्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको