एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई पक्राउ

महोत्तरी, कात्तिक १२ः जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट एक हजार पाँचसय वटासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा जिल्लामा घर बताउने २७ बर्षीय अशिम भुजेल र सिन्धुली जिल्ला घर बताउने २७ बर्षीय मनोज भुजेल रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट ६ हजार तीन सय ५० रुपैयाँ तथा दुई वटा मोवाइल सेट समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ लंका टोलस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको अररिया हरिपुर धर्मशाल १२ घर बताउने ४० बर्षीय दयावल तिवारी रहेका छन् ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ३८ बोतल, स्पास्मो प्रोक्सी ६ पत्ता र नाईट्रोजन ट्याब्लेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज तिवारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

चोरीपैठारीको सामान बरामद
धनुषा जिल्लाको नगराईन नगरपालिका ६ स्थित लगमाघाट ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न खालको मोवाईलको चार्जर बरामद बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको चार सय ६० वटा विभिन्न खालको मोवाईलको चार्जर सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस लगमाघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त चार्जर ल्याउँने व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उल्लेखित चार्जर सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद चार्जर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा ६ दलको साझा घोषणापत्र समेटिएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक, ५ वर्षमा १५ लाख रोजगारी लक्ष्य(पुर्णपाठ )

बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी