यस्ता छन्आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं,१२असोज । आइतबार बसेको मन्त्रिपरिषद्को  बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। भण्डारी विगत ६ महिनादेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । भण्डारीलाई वरिष्ठताको आधारमा कार्यकारी निर्देशक नियुक्त गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्ने निर्णय पनि गरेको छ । यसका लागि इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई आवश्यक सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा विशेष एजेण्डा केही नभएकोले केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु भएको ती मन्त्रीले जानकारी दिए ।

सामान्यतः सोमबार र विहीबार बैठक बस्ने भए पनि आइतबार आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष केही निर्णय नगरेको ती मन्त्रीले जानकारी दिए । बैठकअघि प्रधानमन्त्रीले पार्टी अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका थिए । अध्यक्षद्वयबीच ठोस सहमति हुन नसकेपछि मन्त्रीपरिषद पुनर्गठन गर्ने प्रक्रिया भने अगाडि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०