
२०७७ असोज २ , काठमाडौं। राजनीतिप्रति वितृष्णा जनाएर उपयोगी फलफूल, तरकारी र अन्य बाली लगाएर अहोरात्र कृषि कर्ममा दत्तचित्त भएर कृयाशील भएका पुर्व माओवादी नेता लोकेन्द्र विष्ट मगरलाई सरकारले विभुषित गर्ने भएको छ । सशस्त्र विद्रोहमा हतियार बोकेर हिडेका विष्ट मगरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ गते बिहीबारको मन्त्रिपरिषद्को बैठकमा विष्टको नाम विभुषण, पद्वी अर्थात तक्माको लिष्टमा नपरेपछि तत्काल उनको नाम थप गर्न बैठकमै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्।
मन्त्रिपरिषद्ले झण्डै २ सयको संख्याका व्यक्तिहरुलाई तक्मा दिने गरी निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाकै मन्त्रालयका तर्फबाट तयार गरिएको लिष्टमा थापाकै पूर्वसहकर्मी विष्टको नाम थप गर्न ओलीले निर्देशन दिनुपरेको एउटा रमाइलो दृश्य मन्त्रिपरिषद्को बैठकमा देखिएको पूर्वएमालेसम्बद्ध एक मन्त्रीले जानकारी दिए ।
विष्टले कृषिमा उल्लेखनीय योगदान गरेको र उनको कार्यबाट समग्र नेपाली कृषिप्रेमी जनतामा सकरात्मक प्रभाब परेको, देशमै केहि गर्न सकिन्छ भन्ने मनोबल आम जनताले महशुस गरेकोआधारमा ओलीको सिफारिसमा राज्यबाट तक्मा सम्मान पाउने भएका हुन्।
तत्कालीन नेकपा माओवादीका पोलिटव्युरो सदस्य हुँदै पार्टीको नेतृत्वदायी स्थानसम्म पुगेका र देशको पर्यटनमन्त्री समेत भइसकेका विष्ट यतिबेला पार्टी राजनीति छाडेर दुर्लभ र औषधिजन्य ड्रागन फ्रुटसँगै, दुर्लभ तर स्वास्थ्यका लागि अति आवश्यक मानिएको कालो धानको खेती गर्दै आएका छन्।
विष्ट राजनीतिको उच्च तहमा पुगेका, त्याग गरेका इमान्दारी नेता हुन, तत्कालिन माओवादी भित्र चरम नातावाद, फरियावाद, परिवारवाद हावि भएको र बारम्वार पार्टी नेतृत्वलाई सच्चिन आग्रह गर्दापनि नसच्चिएको भनि पार्टी त्यागेर कृषिमा लागेका थिए र उनि आप्mनो कृषि कार्यमा लाग्दा पनि राजनीतिज्ञ सच्चिउन जनता पनि श्रमप्रति आकार्षित होउन भनेर आप्mनो फेसबुकमा कडा खालका स्टाटस लेख्ने गर्दछन् जसमध्ये उनको पछिल्लो स्टाटस यस्तो छ ‘टाउकेहरुका लाउके भएर राजनीति गरी खानुभन्दा, आफ्नै टाउकोले टेकेर नाकले जोतेर स्वाभिमान र हिम्मतले खाइन्छ र बाचिन्छ कमरेड’ ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष