गोंगबु हत्या प्रकरणमा संलग्न कल्पना शाही पक्राउ : औषधि खुवाएर यसरी गरिछन् हत्या

gongabu-murder

साउन २७,काठमाडौं। गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेको खुलेको छ। कल्पना शाही मुडवरीले आफ्नै डेरामा मदिरासँगै औषधि खुवाएर हथौडा प्रयोग गरी हत्या गरेको खुलेको हो।

उनले कोठामा आएका बोहोरालाई औषधि खुवाएर बेहोस बनाएपछि टाउकोमा हथौडा प्रयोग गरेकाे तथा शव व्यवस्थापनका लागि टाउको र खुट्टा काटेर झोलामा हालेर फ्याकेको बयान दिएकी छिन्।

महानगरीय प्रहरी अपराध महाशाखाले चितवनबाट काठमाडौं ल्याएपछिको बयानमा उनले सो कुरा बताएकी हुन्। बोहोराको हत्यापछि उनले चितवनमा रहेका एम्बुलेन्स चालक भिनाजुलाई बोलाएर चितवन भागेकी थिइन्।३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको भिनाजु एम्बुलेन्स लिएर काठमाडौं आएको प्रहरीले दावी गरेको छ।

हत्या भएको करिब ४८ घन्टामा नै प्रहरीले हत्याकी मुख्य अभियुक्त कल्पना शाहीलाई चितवन शक्तिखोरबाट पक्राउ गरी सोमबार विहान काठमाडौं ल्याएको छ।

घटनाका अनेक पाटाको अनुसन्धान जारी रहे पनि प्रारम्भिक चरणको काम सकिएका कारण हत्या अभियुक्त मुडवरीलाई अहिले सार्वजनिक गर्न लागिएको प्रहरीले जनाएको छ। घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त अनुसन्धान गरेका थिए।

मुडवरीले बोहरा हत्यामा आफूले स्लिपिङ ट्याबलेट खुवाएको र आफूलाई बलात्कार गर्न खोजेको पनि बयान दिएकी छिन्। यस्तै प्रहरीले घटनास्थलबाट ह्याम्बर र काट्नका लागि प्रयोग गरिएको दाउ समेत बरामद गरेको छ।

अभियुक्तको बयानअनुसार बोहराले बलात्कारको कोशीश गरेपछि स्लिपिङ ट्याबलेट खुवाएर हत्या गरिएको हो र शव व्यवस्थापनका लागि १६ वर्षीया छोरीले सहयोग गरेको भन्ने पनि विवरणमा खुलेका छन्।

हत्या र शव व्यवस्थापन गरेपछि कल्पना चितवनस्थित घर पुगेकी थिइन्। प्रहरीले छोरीलाई पनि पक्राउ गरेको छ। कल्पना विवाहित भएपनि श्रीमानसँग बसेकी थिइनन्।

उनी छुट्टै बस्दै आएको र बोहोरासँग लामो चिनजान भएको प्रहरीको दावी छ। त्यस्तै बोहोरापनि विदेश बसेर नेपाल आएका थिए। उनी पनि श्रीमतीसँग बसेका थिएनन्। लामो समयदेखि गोगंबु क्षेत्रमा बस्दै आएका बोहोरा र कल्पानको चिनजान पनि धेरै अगाडिदेखि भएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘चुनाव हुन नदिनु भन्ने अधिकार जेन–जीलाई छैन’ : मेयर महर्जन

२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य निर्विरोध

पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा