चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

maha-prasad-adhikari1_20200717100257

काठमाडौं, साउन २ः नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए ।

सरकारले चालू आर्थिकमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा चालु आर्थिक वर्षमा सात महिनाको वस्तु तथा सेवा खरिद गर्न पुग्‍ने गरी विदेशी मुद्राको सञ्‍चिती राख्‍ने लक्ष्य पनि राखेको छ।

यो पटक राष्ट्र बैंकले कर्जा विस्तार लक्ष्य २० प्रतिशत राखेको छ। गत वर्ष यो लक्ष्य १३ प्रतिशतमा सीमित भएको थियो।

बैंकले ब्याजदरको करिडोर तल्लो सीमा एक प्रतिशत र रिपोलाई ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले सीआरआर, एसएलएफ र बैंक दर ५ प्रतिशत यथावत राखेको छ।

कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ ।

कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।

यसैगरी ऋणीहरुलाई ऋण तिर्नका लागि २ बर्षसम्म समयावधि थप भएको छ । मौद्रिक नीतिमा ऋण तिर्ने भाका ३ महिनादेखि २ वर्षसम्म थपिने व्यवस्था मिलाइएको छ ।

यसैगरी मौद्रिक नीतिमा वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि बैक तथा वित्तीय संस्थाहरुको एकीकरण र सुदृढीकरणमा जोड दिइएको छ भने मूल्य तथा बाह्य क्षेत्रको स्थायित्वलाई मध्यनजर गरी तरलता व्यवस्थापन गरिने उल्लेख छ ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक