चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

maha-prasad-adhikari1_20200717100257

काठमाडौं, साउन २ः नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए ।

सरकारले चालू आर्थिकमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा चालु आर्थिक वर्षमा सात महिनाको वस्तु तथा सेवा खरिद गर्न पुग्‍ने गरी विदेशी मुद्राको सञ्‍चिती राख्‍ने लक्ष्य पनि राखेको छ।

यो पटक राष्ट्र बैंकले कर्जा विस्तार लक्ष्य २० प्रतिशत राखेको छ। गत वर्ष यो लक्ष्य १३ प्रतिशतमा सीमित भएको थियो।

बैंकले ब्याजदरको करिडोर तल्लो सीमा एक प्रतिशत र रिपोलाई ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले सीआरआर, एसएलएफ र बैंक दर ५ प्रतिशत यथावत राखेको छ।

कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ ।

कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।

यसैगरी ऋणीहरुलाई ऋण तिर्नका लागि २ बर्षसम्म समयावधि थप भएको छ । मौद्रिक नीतिमा ऋण तिर्ने भाका ३ महिनादेखि २ वर्षसम्म थपिने व्यवस्था मिलाइएको छ ।

यसैगरी मौद्रिक नीतिमा वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि बैक तथा वित्तीय संस्थाहरुको एकीकरण र सुदृढीकरणमा जोड दिइएको छ भने मूल्य तथा बाह्य क्षेत्रको स्थायित्वलाई मध्यनजर गरी तरलता व्यवस्थापन गरिने उल्लेख छ ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी