काठमाडौंबाट गएको अख्तियारको टोलिले खोटाङका सिँचाई योजना प्रमुखलाई घुस सहित रङ्गेहात यसरी समात्यो

   IMG_20200714_172911

असार ३०, खोटाङ। जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल, खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई उपभोक्तासँग घुस लेनदेन गर्दैगर्दा काठमाडौ बाट गएको अख्तियर टोलिले रंगेहात पक्राउ गरेको छ।

आफुले माथि बुझाउनुपर्ने भनी श्रेष्ठले उपभोक्तासग बार्गेनिङ गरेर दु:ख दिएको उजुरी परेको कारण अख्तियर त्याहा पुगेको थियो ।

सेवाग्राहीबाट ९ लाख ३४ हजार रुपैया घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। उनी कार्यालयको कार्यकक्षमै घुससहित अख्तियारको फन्दामा परे। 

श्रेष्ठको साथबाट श्रोत नखुलेको थप ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको छ । श्रेष्ठलाई स्वास्थ्य परीक्षणपछि थप अनुसन्धानका लागि काठमाडौं लाने तयारी भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका