पातन्जलले गर्यो योगप्रेमीहरुलाई सादर निमन्त्रणा

received_911215472698733

असार २९, २०७७ भक्तपुर । पातन्जल योग समिति नेपालले साउन  १ गतेदेखि ७ दिेने निशुल्क योग सिविर संचालन गर्ने भएको छ । भक्तपुरको सल्लाघारी चोकबाट १०० मिटर दक्षिणतर्फ कटुञ्जेमा पारीजात सहकारी रहेको भवनको तेस्रो तलामा यस संस्थाको केन्द्रिय कार्यलय रहेको र सोही कार्यलयमा रहेको योग तथा ध्यान प्रशिक्षण हलमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरि योग तथा ध्यान साधना लगायत प्राकृतिक चिकित्सा विज्ञानका विषयमा विज्ञहरुद्धारा साधक.साधिकाहरुलाई प्रशिक्षित गर्ने कुराको जानकारी यस संस्थाका महासचिव नवराज काफ्लेले गराए । महासचिव काफ्लेका अनुसार सोहि दिन साउन १ गते नै पातञ्जल योग समिति नेपाल केन्द्रिय कार्यलयको उद्घाटन जिवन विज्ञानका सञ्चालक तथा ,एपेक्स कलेजका प्रार्चाय,जिवन विज्ञान विशेषज्ञ श्री एलपी भानु शर्माज्यूको प्रमुख समुपस्थितिमा सम्पन्न हुने भएकोले योगप्रेमीहरुलाई प्रमुख अतिथिको प्रवचनमा सरिक हुन समेत सादर आमन्त्रण गरिएको छ । नेपाल सरकारको आवश्यक मापदण्ड र प्रकृया पुरा गरि नेपालमा नै विधिवत रुपमा योग तथा ध्यान विधाको तालिम संचालन गर्न सिटिइभिटीबाट मान्यता पाएको पहिलो संंस्था पातन्जलले आफ्नो सागठानिक स्वरुप केन्द्र, प्रदेश हुंदै नेपालको ५१ वटा जिल्लामा निर्माण गरि योग तथा ध्यान लगायत प्राकृतिक चिकित्सावारे हजारौ साधक साधिकाहरुलाई प्रशिक्षित गरिसकेको छ । श्रावण १ गतेबाट नै नेपाल सरकारवाट मान्यता प्राप्त योग शिक्षकको तालिम समेत शुरुवात हुने हुंदा योग शिक्षक बन्न इच्छुक महानुभावहरुले सम्पर्क गरि आफ्नो सिट सुनिश्चित गर्न समेत पातन्जल योग प्रतिष्ठानले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र