असार २९, २०७७ भक्तपुर । पातन्जल योग समिति नेपालले साउन १ गतेदेखि ७ दिेने निशुल्क योग सिविर संचालन गर्ने भएको छ । भक्तपुरको सल्लाघारी चोकबाट १०० मिटर दक्षिणतर्फ कटुञ्जेमा पारीजात सहकारी रहेको भवनको तेस्रो तलामा यस संस्थाको केन्द्रिय कार्यलय रहेको र सोही कार्यलयमा रहेको योग तथा ध्यान प्रशिक्षण हलमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरि योग तथा ध्यान साधना लगायत प्राकृतिक चिकित्सा विज्ञानका विषयमा विज्ञहरुद्धारा साधक.साधिकाहरुलाई प्रशिक्षित गर्ने कुराको जानकारी यस संस्थाका महासचिव नवराज काफ्लेले गराए । महासचिव काफ्लेका अनुसार सोहि दिन साउन १ गते नै पातञ्जल योग समिति नेपाल केन्द्रिय कार्यलयको उद्घाटन जिवन विज्ञानका सञ्चालक तथा ,एपेक्स कलेजका प्रार्चाय,जिवन विज्ञान विशेषज्ञ श्री एलपी भानु शर्माज्यूको प्रमुख समुपस्थितिमा सम्पन्न हुने भएकोले योगप्रेमीहरुलाई प्रमुख अतिथिको प्रवचनमा सरिक हुन समेत सादर आमन्त्रण गरिएको छ । नेपाल सरकारको आवश्यक मापदण्ड र प्रकृया पुरा गरि नेपालमा नै विधिवत रुपमा योग तथा ध्यान विधाको तालिम संचालन गर्न सिटिइभिटीबाट मान्यता पाएको पहिलो संंस्था पातन्जलले आफ्नो सागठानिक स्वरुप केन्द्र, प्रदेश हुंदै नेपालको ५१ वटा जिल्लामा निर्माण गरि योग तथा ध्यान लगायत प्राकृतिक चिकित्सावारे हजारौ साधक साधिकाहरुलाई प्रशिक्षित गरिसकेको छ । श्रावण १ गतेबाट नै नेपाल सरकारवाट मान्यता प्राप्त योग शिक्षकको तालिम समेत शुरुवात हुने हुंदा योग शिक्षक बन्न इच्छुक महानुभावहरुले सम्पर्क गरि आफ्नो सिट सुनिश्चित गर्न समेत पातन्जल योग प्रतिष्ठानले अनुरोध गरेको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र
काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु
२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी