असार ५, २०७७ काठमाडौं : नेपालका दुवै छिमेकी मुलुक चीन र भारतका सैनिकबीच दुई दिनअघि लद्दाखको गलवान उपत्यकामा झडप हुँदा कर्नेलसहित २० भारतीय सैनिक मारिए। लामो समयदेखि तनावपूर्ण रहेको उक्त स्थानमा सन् १९६२ यताकै डरलाग्दो रक्तपातपूर्ण हतियारबिनाको झडपमा भारततर्फ ठूलो क्षति भएपछि नेपालमा पनि त्यसबारे फरक फरक प्रतिक्रिया आइरहेका छन्। नेपाली भूमि हडपेपछि भारतविरोधी भावना बढिरहेका बेला भएको यो घटनाले यहाँका मानिसलाई पनि दुई कित्तामा बाँडिदिएको छ। लद्दाखमा गोर्खा रेजिमेन्टका जवान पनि तैनाथ भएकाले धेरैले नेपाली दाजुभाइको चिन्ता जनाए। केहीले भारतले आफ्ना साना छिमेकीसँग देखाइरहेको हेपाहा प्रवृत्ति चीनसँग देखाउँदाको परिणाम लद्दाख घटना पनि भनेका छन्। यहीबीचमा नेपालको पनि जनमत विभाजित भइरहेका बेला बिहीबार एउटा रोचक प्रदर्शन भएको छ। चीन र भारत दुवै देशका सैनिक एकआपसमा भिडेको उक्त घटनालाई लिएर मानवअधिकारकर्मी कृष्ण पहाडीसहितले चीनविरुद्ध प्रदर्शन गरे। लद्दाखमा चीनले युद्ध अपराध गरेको भन्दै उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। पहाडीले नै स्थापना गरेको मानवअधिकार तथा शान्ति समाजको आयोजना बिहीबार काठमाडौँमा एउटा प्रदर्शन भएको हो। प्रदर्शनमा विभिन्न प्लेकार्ड बोकेर उनीहरु चीनविरुद्ध उत्रिएका हुन्। उनीहरूले शान्तिलाई विस्तार गर्न माग गर्दै भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका हुन्। भारत र चीनबीच सीमा विवाद चर्किएर युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरुले विहीबार दूतावास अगाडि धर्ना दिएका थिए। तर उनीहरुको प्लेकार्डमा लद्दाख घटनामा चीनको मात्रै दोष रहेको उल्लेख थियो। पहाडीले पहेँलो बस्त्र लगाएर बोकेको प्लेकार्डमा प्रष्टसँग चीनले युद्ध अपराध गरेको भनिएको थियो। ‘चीन : युद्ध अपराध हो (चाइना : वार इज क्राइम)’ लेखेको प्लेकार्ड बोकेको तस्बिर अहिले भाइरल भइरहेको छ। २० सैनिक मारिएपछि अहिले लद्दाखमै मेजर जनरल तहमा चीन-भारत वार्ता चलिरहेको छ। उनीहरुले अब यो तनावलाई मत्थर बनाउँदै जाने सहमति पनि गरेका छन्। तर दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती रहेको नेपालमा एउटा देशविरुद्ध पहाडीको अगुवाइमा प्रदर्शन भएको हो।
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
१ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने
तारा निधि पन्त श्रावण १०, २०८२ “प्रदूषण र जलवायु संकटविरुद्ध बुद्धको योगदान अर्थात बौद्धदर्शन र
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त