नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या १०४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विहीबारसम्म कोरोना संक्रमणबाट ५ जनाको मृत्यू भइसकेको छ ।
विहीबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको प्रयोगशालामा ७७ जनामा संक्रमण देखिएको पुष्टि भएको छ भने अन्य काठमाडौं उपत्यका बाहिरका प्रयोगशालामा परीक्षणबाट पुष्टि भएका हुन् ।
विहीबारसम्म थप ४ जना अस्पतालबाट डिस्चार्ज भएसँगै कुल निको हुनेको संख्या १८७ पुगेको छ ।
ललितपुरको किस्ट मेडिकल कलेजमा जेठ १४ गते मृत्यु भएका ५६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएसँगै मृतकको संख्या ५ पुगेको हो । उनी कलेजोका बिरामी थिए।
यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँके नरैनापुरका २५ वर्षीय युवा, गुल्मी मदानेका ४३ वर्षीय पुरुष र वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचाररत ६५ वर्षीय पुरुषको मृत्यु कोरोना भाइरसबाट मृत्यु भएको थियो।
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका