भीम रावललाई ओलीको जवाफ, “जस्केलाबाट होइन मूल ढोकाबाट आउँछ एमसीसी “

काठमाडाैं,जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्केलाबाट नभई मूलढोकाबाट आउने बताएका छन् । एमसीसी आएपनि, नआएपछि लप्सीफेदी–रातमाटे–बुटवल प्रशारण लाइन बन्ने उनले बताए । 

सरकारका नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा भएको छलफलमा उठेका प्रश्नको मंगलवार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको विद्युत् व्यापारका लागि प्रशारण लाइन अनिवार्य भएको र कुनै हालतमा बनाइछाड्ने बताए ।

ओलीले एमसीसी संसद्को टेबुलमा पुगिसकेकाले सदनले निष्कर्षमा पुर्‍याउने बताए । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा नेता भीम रावलले राष्ट्र हित विपरीतको एमसीसी पछाडिको ढोकाबाट छिराउन खोजिएको आरोप लगाएका थिए । 

रावलको नामै नलिई ओलीले भने, ‘केही माननीयले जस्केलाबाट पछाडिको ढोकाबाट छिराउन खोजेको भन्नुभयो, होइन मूलढोकाबाटै एमसीसी आउँछ  । प्रशारण लाइन बन्छ, एमसीसीले नबनाए अरूले बनाउँछ, कसैले नबनाए हामीले बनाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो