
२०७७ वैशाख २७, काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै आइतबारबाट उपत्यकामा सवारी साधन चलाउन समय तोकिएको छ।उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी, सबै प्रहरी प्रमुख, ट्राफिक महाशाखाका प्रमुख, उद्योग व्यवासायका प्रतिनिधि लगाएतका सरोकारवाला निकायहरुबीच भएको छलफलले सवारी चलाउन समय तोक्ने निर्णय गरेको ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालले जानकारी दिए ।
‘टाइम कार्ड भनेर नबुझ्नुस्, टाइमिङ तोकिएको हो।’ टाइम कार्ड र टाइमिङको बारेमा बताउँदै उनले भने, ‘टाइम कार्ड फरक कुरा हो। हामीले टाइमिङ तोकेका हौं।’
ट्राफिक व्यवस्थापनका लागि टाइमिङ तोकिए पनि सवारी पास अनिवार्य भएको उनले जानकारी दिए। ‘टाइमिङ तोकियो भनेर सबै सवारी साधन चल्न पाउने भन्ने होइन, सरकारले तोकेका एक तिहाई कर्मचारी र अन्य पास भएका सवारी साधन मात्र चल्न पाउने छन्’, प्रमुख ढकालले भने ।
उनले बुधागत रुपमा भने,
१) निर्माण सामग्री बोकेका ठुला सवारी साधन (पास सहितका) बेलुकी ८ बजेदेखि विहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउने छन् ।
२) सरकारले भनेअनुसार एक तिहाई कर्मचारीको हकमा बिहान ९ बजेदेखि १० बजेसम्म (अफिसले दिएको पत्र सहित) अफिस पुगि सक्नु पर्ने छ । उनीहरुलाई फर्कने सवालमा भने फरक समय तोकिएको छ । उनका अनुसार बैंक तथा वित्तिय संस्थाका कर्मचारी ३ः३० देखि ५ बजेसम्म घर फर्कि सक्नु पर्ने छ भने, बाहेकका अन्य कर्मचारी भने बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्किनु पर्ने छ ।
३) सामान्यतया अत्यावश्यक सामग्री बोकेका सवारी साधन विहान ६ बजे देखि १० बजेसम्ममात्र चल्न पाउने छन्।
४) पास भएका गाडीहरु पनि विना प्रयोजन गुडेको पाइएमा सवारी साधन ‘होल्ड’ हुने छ। उनले बुझाउदै भने, ‘भक्तपुरको सवारी पास लिएको छ, काठमाडौंमा गुडेको छ भने हामीले त्यस्तो सवारी साधनलाई होल्ड गर्छौ, यस्तै एक दिनको लागि पास लगिएको छ अर्को दिन चलेको छ भने पनि सवारी साधन होल्ड हुन्छ’।
‘सरकारद्वारा खुल्ला गर्ने भनिएका ४२ प्रकारका उद्योगहरुको सवारी साधनका हकमा पनि यही नियम लागु हुने छ । उद्योगधन्दा खुलेका हुन सवारी साधन हैनन् यो भ्रमबाट टाढै रहनु पर्ला,’ प्रमुख ढकालले सम्झाए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र